ईश्वर छैनन्, यदि छन् भने मार्क्सलाई भने हुन्छ : ओली

ईश्वर छैनन्, यदि छन् भने मार्क्सलाई भने हुन्छ : ओली

काठमाडौं : एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर नभएको तर, कसैले ईश्वर छ भन्छ भने काल मार्क्स भएको बताएका छन्। 

आइतबार अप्रिल २२ अर्थात् लेनिन जयन्तीको अवसरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माक्र्स ईश्वर भएको बताएका हुन्। ‘महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले समेत काल मार्क्सलाई ईश्वर भनेका थिए’, प्रधानमन्त्री ओलीले भने, ‘ईश्वर छैनन्, तर, कसैले यदि ईश्वर छ भन्छ भने काल मार्क्सलाई भने हुन्छ।’ 

उनले पुरानो ईश्वरले न्यायोचित काम नगरेकाले शोषित, पीडित जनताका लागि काम गर्ने मार्क्सलाई ईश्वर मान्न सकिने उनको भनाइ छ। कम्युनिस्ट पार्टीको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले माक्र्सवादी दर्शन अनुसार नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा नै आधारभूत मूल्य मान्यता अघि सारिएका दाबी गरे। उनले जनताले त्यसैले अहिले कम्युनिस्टलाई विश्वास गरेको भन्दै अब एकताको विकल्प नभएको बताए।  

उनले कम्युनिस्ट पार्टीको स्थापना दिवस  नेपालमा न्यायोचित समाज स्थापनाको सपना देखिएको दिन भएको दाबी गरे। ‘आजको दिन नेपालमा न्यायोचित समाज स्थापनाको सपना देखिएको दिन हो’, प्रधानमन्त्री ओलीले भने। 

उनले अहिले राष्ट्रनिर्माण र समृद्धि एकमात्र प्राथमिकतामा रहेको र त्यो पूरा गर्न पार्टी एकता गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.