‘जुत्तो मिलेन भने खुट्टो काटेर पनि पार्टी एकता गर्छौँ'

‘जुत्तो मिलेन भने खुट्टो काटेर पनि पार्टी एकता गर्छौँ'

काठमाडौँः नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माओवादीसँगको एकता कसैले बिथोल्न नसक्ने बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका असवरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब केही मिलेन भनेर पछि हट्नै नसकिने जिकिर गरे । 

‘जुत्ता मिलेन भनेर अब धर छैन, खुट्टो काटेर पनि पार्टी एकता गरेर छाडछौँ’, अध्यक्ष ओलीले भने, ‘हामी सानोतिनो कुरामा अल्झिनु हुँदैन, हाम्रा अगाडि महान उद्देश्य र सम्भावना छन् । म भावनात्मक बन्दिन तर एकता हाम्रै नेतृत्वमा हुन्छ र भएरै छाड्छ ।’ 

एकता बिथोल्ने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले अब त्यस्तो कसैले नसोच्न पनि आग्रह गरे । ‘एकता विथोल्छु भन्ने कसैले ठानेको छ भने आशा नगरे हुन्छ’, उनले भने, ‘पछाडि फर्किने होइन, अगाडि बढ्ने हो । हिजो प्रचण्डले मलाई भन्नु भने, मैले पनि उहाँलाई बाँकी राखिन । तर अब हिजोका कुरामा फर्केर बस्ने समय छैन, एकता निचोडमा पुग्छ पुग्छ ।’ 

संसारभर कम्युनिस्टविरुद्ध हौवा फैल्याउँदा पनि नेपालका कम्युनिस्ट टिकिरहेको स्मरण गर्दै ओलीले चुनाव गराउन मात्रै दुई पार्टी नमिलेको जिकिर गरे । ‘हाम्रो एकता जरुरी थियो, तर चुनावका लागि मात्रै होइन । संयुक्त दबाब पनि आवश्यक थियो, त्यसैले मिल्यौँ । हामी फुटेको लाभ दक्षिणपन्थीहरुलाई दिनुहुँदैन । अरुले लाभ लिने मौका दिँदैनौँ, जुटेर अगाडि बढ्ने प्रण गरेका छौँ ।’

राष्ट्रिय सभागृहमा ब्यानरबारे भएको विवादलाई ओलीले ठुलो नठान्न पनि आग्रह गरे । ‘आजको कार्यक्रमको सुरुमा दाँतमा ढुंगो लाग्यो, एकता हुनुभन्दा अगाडि यस्तो हुन्छ’, उनले भने, ‘हामीले अरु कसैलाई दोष लगाउने र कसैको टाउकोमा जिम्मेवारी हालेर उम्किन सकिँदैन । हामी त्यो बिन्दुमा पुगिसक्यौँ । अब यो भएन, त्यो भएन भन्न पाइँदैन ।’

कम्युनिस्टको सरकारले अधिनायकवाद ल्याउँछ भन्ने कुराको कडा प्रतिवाद गर्दै ओलीले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था मान्दै अघि बढ्ने बताए । ‘हामी निषेधको राजनीति होइन, प्रतिस्पर्धा चहान्छौँ’, उनले भने, ‘सरकार शासक होइन, सेवक हो, हामी लोकतन्त्रका आधारभूत मान्यताबाट यताउता गर्दैनौँ ।’

अध्यक्ष ओलीले कांग्रेसप्रति कटाक्ष गर्दै डोकोमा हालेर दिल्लीबाट ल्याएको राजतन्त्र बचाउमा लागेको पनि आरोप लगाए । ‘डोकामा हालेर दिल्लीबाट फिर्ता ल्याइएको राजतन्त्र बचाउन अरु पार्टी लागे’, उनले भने, ‘२००७ सालमा प्रजातन्त्र आउँदा पनि, अरुलाई प्रजातन्त्र आउँदा पनि कम्युनिस्टमाथि प्रतिबन्ध लगाइएको थियो ।’

प्रतिक्रियावादीहरुले लोकतन्त्र भनेपनि खासमा उनीहरु दमनकारी हुने ओलीको भनाइ थियो । ‘अहिले पनि कम्युनिस्टविरुद्ध दृष्टिभ्रम गर्न खोजिँदैछ’, उनले भने, ‘दोस्रो महाधिवेशनपछि कम्युनिस्ट नेताहरु राजतन्त्रका पाले जस्ता भए, राजावादी भए । प्रतिबन्ध लगाउँदा पनि राजा जोगाउनुपर्छ भने केशरजंगहरुले ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.