प्रहरी नायब निरीक्षकले महिलालाई एसिड हाने

प्रहरी नायब निरीक्षकले महिलालाई एसिड हाने

चितवन: ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड हानेका छन् । 

पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतवार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका-४, त्रिचोकमा गोरखा घर भई त्यही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड हानेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिडले जलेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उनले बताए । श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर प्रहरीका जुनियर अधिकृतले नै एसिड हान्नुको कारण भने खुल्न नसकेको ढकालले बताउए। खनियाँ पनि त्रिचोक निवासी हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.