स्वान्सीको पोस्टमा 'च्याम्पियन सिटी' को गोल बर्षा

स्वान्सीको पोस्टमा 'च्याम्पियन सिटी' को गोल बर्षा

काठमाडौँः यो सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीले स्वान्सी सिटीमाथि फराकिलो जित दर्ता गराएको छ । गएराति भएको खेलमा स्वान्सीलाई हराउने क्रममा पाँच फरक फरक खेलाडीले गोल गर्न सफल भए । 

उपाधि पक्का गर्ने क्रममा अंकतालिकामा १६ अंकको फराकिलो अग्रता बनाइसकेको सिटीका लागि गोलको खाता भने १२ औँ मिनेटमा डेभिड सिल्भाले खोले । 
त्यसपछि १६ औँ मिनेट रहिम स्टर्लिङले सिटीका लागि दोस्रो गोल गरे । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा ३ गोल गर्यो । 

सिटीका लागि प्ले मेकरको भूमिकामा रहेका केभिन डे ब्रुनेले खेलको ५४ औँ मिनेटमा गोल गर्दै अग्रता ३–० मा पुर्याए । खेलको ६३ औँ मिनेटमा ग्याब्रियल जेसुसले प्रहार गरेको पेनाल्टी रिबाउन्ड भएर आएपछि ब्रेनार्डो सिल्भाले गोल गर्न सफल भए । 

पेनाल्टी चुकाएका जेसुसले खेलको ८८ औँ मिनेटमा गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे । सिटीका प्रमुख स्ट्राइकर सर्जियो एग्युएरो घाइते भएपछि जेसुसले आक्रमणको जिम्मा पाएका थिए । सिटीका डिफेन्डर बेन्जामिन मेन्डे पनि स्वान्सीविरुद्धको खेलसँगै करिब ६ महिनापछि मैदानमा पुनः उत्रेका छन् । 

यो जितपछि सिटीले ९० अंक बनाइसकेको छ । उसलाई पछ्याइरहेको म्यानचेस्टर युनाइटेडले ७४ अंक बनाएको छ । पराजित स्वान्सी भने ३३ अंकसहित रेलिगेसन जोन नजिकै छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.