मोहम्मद सलालाई 'पिएफए प्लेयर अफ दि इयर' अवार्ड
काठमाडौँ: इजिप्टका चर्चित फुटबलर मोहम्मद सलाले प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेयर्स अफ दि इएर अवार्ड जितेका छन् ।
लिभरपुलबाट खेलिरहेका २५ वर्षीय सलाले जारी इङ्लिस प्रिमियर लिगमा क्लबका लागि अहिलेसम्म ३१ गोल गरिसकेका छन् । इङ्ल्यान्डको यो प्रतिष्ठीत अवार्ड जित्ने क्रममा सलाले म्याचेस्टर सिटीका केभिन डे ब्र्युनलाई पछि पारेका छन् ।
सलाले लिभरपुल आएको पहिलो सिजनमै समग्रमा ४१ गोल गर्दै विश्वका अन्य ठुला क्लबको नजरमा परिसेका छन् । यसअघि यो अवार्ड सन् २०१४ मा लिभरपुलमा रहँदा लुइस स्वारेजले जितेका थिए । उनलाई बार्सिोलनाले किनि सकेको छ ।
अवार्ड जितेपछि उनले यो आफ्नो जीवनकै ठुलो उपलब्धि भएको बताएका छन् । आफ्नो कठिन परिश्रमले यो सफलता पाएको बताउँदै सलाले यो अवार्ड जित्ने पहिलो इजिप्टसियन भएकोमा पनि गौरव गरेका छन् । 'यो अवार्ड जित्ने म नै अन्तिम इजिप्टसियन नागरिक हुन्न भन्ने आश गरेको छु', उने भनेका छन्, 'म एकदमै खुसी छु र अझै यो भन्दा बढी मेहनत गर्न पनि तयार छु ।'
उनी यो सिजन गोल्डेन बुटका दाबेदार पनि छन् । आगामी शुक्रबार रोमाविरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेग खेल्नुअघि सलाले यो उपाध जित्न सफल भएका छन् ।
यो अवार्डका लागि सुरुमा म्यानचेस्टर सिटीका खेलाडीले बर्चस्व जमाए पनि सलाले जित्ने करिब पक्का जस्तै थियो । पिएफएले सार्वजनिक गरेको ६ उत्कृष्ट खेलाडीको सूचीमा म्यानचेस्टर सिटीका ३ खेलाडीको नाम पर्न सफल भएका थिए ।
म्यानचेस्टर सिटीका मिडफिल्डरहरु डेभिड सिल्भा, केभिन डि ब्र्युन र वेङ्गर लिर्वे साने उत्कृष्ट खेलाडीको सूचीमा परेका थिए । त्ययसैगरी लिभरपुलका मोहम्मद सला, टोटनह्यामका ह्यारी केन र म्यानचेस्ट युनाइटेडका गोलरक्षक डेभिड डि ग्या पनि यो सूचीमा थिए ।