यार्सा संकलन जेठ पहिलो सातादेखि खुला

यार्सा संकलन जेठ पहिलो सातादेखि खुला

गमगढी : मुगुम कार्मारोङ गाउँपालिका क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि सर्वसाधारणलाई जेठ ५ गतेबाट खुला गरिने भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको चैत २६ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा पाइने यार्सा संकलन गर्न जिल्लाका बासिन्दा र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।

जेठ १ देखि ४ गतेसम्म वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले ५ गते बिहान वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गौरीकान्त चौलागाईंले जानकारी दिए ।

चौलागाईंका अनुसार जिल्लाभित्रका सर्वसाधारणबाट प्रतिव्यक्ति १ हजार ५ सय र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताबाट २ हजार कर उठाइने भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका—२ मुगु गाउँको रिमार, ठूलोकोखी, स्यानो कोखी, चाल्ने, छापाखोला, हङदङ, सोही गाउँपालिको—१ मा रहेको से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको वन क्षेत्र र वडा नम्बर ८ मह लेखमा सर्वसाधारणलाई यार्सा संकलनका लागि खुला गरिने र उक्त क्षेत्रबाट उठेको कुल रकममध्ये ३० प्रतिशत व्यवस्थापन खर्च ३० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत २ नम्बर वडाको विकासमा विनियोजित गरिनेछ ।

वडा नम्बर ८ महलेखबाट उठेको रकममध्ये १० प्रतिशत गाउँपालिका र बाँकी रकम वडाको विकासमा खर्च गरिने र वडा नम्बर २ मा रहेको से फोक्सुण्डो निकुञ्ज क्षेत्रबाट उठेको कुल रकमको १० प्रतिशत कार्मारोङ गाउँपालिकालाई छुट्याइनेछ ।

जेठ ५ गतेबाट असार ५ सम्म यार्सा पाइने स्थान संकलनकर्तालाई खुला गरिने भएको र संकलन अवधि भर संकलकलाई कुनै असुरक्षा र अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.