जातीय विभेदको उत्कर्ष

जातीय विभेदको उत्कर्ष

बागलुङ : सहर बजारमा जातीय विभेद अन्त्य गर्ने भन्दै कतै भाषण त, कतै सहभोज चलिरहेछ । तर, बागलुङ जिल्ला सदरमुकामको १४ किलोमिटरको दूरीमा रहेको एक गाउँमा भने जातीय विभेदले दलित र गैरदलित समुदाय एकअर्काको जन्ती र मलामीसमेत जान छोडेका छन् ।

जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा जन्म र मृत्युमा सामूहिक रूपमा जन्ती र मलामी जाने स्थानीय समुदाय अहिले पूरै विभाजित भएका छन् । पछिल्लो दुई महिनायता धम्जाको असौजे गाउँका दलित र गैरदलित समुदाय एकआपसमा बोलचाल गर्नसमेत छाड्न थालेको स्थानीय भविलाल विकले बताए । यो गाउँमा केही महिना पहिलेसम्म कसैको बिहेवारी र मृत्यु शोकमा छिमेकी गाउँसम्म एक साथ जाने चलन थियो । तर, केही समययता बिहेवारी हुँदा एकआपसमा निम्तो पनि नगर्ने र गरिहाले पनि निम्तोमा नजाने प्रवृत्ति सुरु भएको छ ।

‘गत वैशाख ६ गते मात्र मेरै छोरीको बिहे थियो, गाउँभरि निम्तो पनि गरेको थिएँ, तर उपल्लो विष्ट जातिका कोही पनि आएनन्’, विकले भने, ‘दलित समुदायकोमा नजाने भनेर सरसल्लाह नै गरेका रहेछन्, मैले यहाँका अगुवाहरूलाई विशेष अनुरोध गर्दासमेत एक जना पनि आउनुभएन ।’ गाउँघरमा जातीय विभेद विस्तारै कम हुँदै गएको भनिए पनि ठूलो भोजभतेरसमेतमा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै व्यवस्था गरिँदै आइएको छ । गैरदलित समुदायका लागि छुट्टै भोजनस्थलको व्यवस्था गर्नेभन्दा पनि गैरदलित समुदायका कोही पनि नआएको उनले दुखेसो पोखे ।

गाउँघरको एकआपसको सामाजिक सद्भाव र एकतामा विभेदको विषयले ठूलो खलल आएको स्थानीय अमरबहादुर श्रीषले बताए ।

बिहेवारीमा मात्र होइन, विभेदका घटनाले मान्छे मर्दा मलामी जाने जस्तो संवेदनशील विषयमा समेत दुवै समुदाय एकअर्काप्रति कठोर रूपमा प्रस्तुत हुन थालेका छन् । गाउँका छिमेकी रहेका रणबहादुर विकका श्रीमती दिवंगत हुँदा पुख्र्यौलीदेखि सागर जाने असौजेका कुनै पनि गैरदलित सहभागी भएनन् । सागर जान भनेर हिँडेका सर्सबहादुर श्रीषलाई पनि स्थानीय गैरदलित समुदायले बीच बाटैबाट फर्काएका थिए ।

गाउँघरको एकआपसको सामाजिक सद्भाव र एकतामा विभेदको विषयले ठूलो खलल आएको स्थानीय अमरबहादुर श्रीषले बताए । ‘पुर्खौंदेखि मिलेर बसेको समाजमा अहिले फेरि गम्भीर फुट आएको छ’, उनले भने, ‘यो विषय कुनै व्यक्ति विशेष र समुदायको नभएकाले कसैले पनि नजर अन्दाज गर्न मिल्दैन, सिंगो समुदाय र सम्बद्ध निकाय सबै गम्भीर बन्नुपर्छ ।’ दलित समुदाय वर्षाैंदेखि दबिएर बसेको उल्लेख गर्दै स्थानीय बुद्धिबहादुर विकले अब विभेदमा चुप नबस्ने बताए । ‘यो देशमा गणतन्त्र, के–के तन्त्र आएको छ’, विकले आक्रोशित मुद्रामा भने, ‘यसबारे कसले बोलिदिने ? सरकारले यस विषयमा कडा कदम चाल्नुपर्छ ।’

जातीय विभेद समयक्रमसँगै न्यूनीकरण हुँदै गइरहेको चर्चा भइरहेका बेला भएको यस्ता घटनाले आफूहरूलाई पनि झस्काएको वडाध्यक्ष यामबहादुर श्रीषले बताए । ‘विभेदले समाजमा गहिरोसँग जरा गाडेर बसेको छ, अहिले विभेदको रूप फेरिएर झनै डरलाग्दो परिदृश्य देखिएको छ, यसले हामीलाई गम्भीर बनाएको छ’, अध्यक्ष श्रीषले भने, ‘यो संविधानमा लेखेर, ऐन कानुन बनाएर मात्र रोकिँदैन, यसका लागि सोच, चिन्तन पनि समयक्रमसँगै बदलिनुपर्छ, स्थानीय स्तरमै नागरिकहरूलाई सचेत बन्न तथा बनाउन आवश्यक छ ।’ यसका लागि जनप्रतिनिधिका हिसाबले खेल्ने सबैखाले भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.