लन्डनमा ‘भाया साक्रा' नियात्रासङ्ग्रहको चर्चा

लन्डनमा ‘भाया साक्रा' नियात्रासङ्ग्रहको चर्चा

लन्डन :   साहित्य चौतारी युकेको आयोजनामा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह भाया साक्राको लन्डनमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा समीक्षक विजय सापकोटा, डा रुपक श्रेष्ठ र वासु शर्माले कृतिका बारेमा आआफ्नो धारणा राखेका थिए । 

समालोचक विजय सापकोटाले धेरै समयपछि गहन विषयमा स्तरिय कृति नेपाली साहित्यमा आएको कुरा बताउँदै यस नियात्रासङ्ग्रहमा लेखकको अध्ययनको दायरा फराकिलो देखिएको बताए । उनले उक्त सङ्ग्रहबाट ज्ञान, विज्ञान, इतिहास र दर्शन आदिको अथाह जानकारी पाठकले पाउने बताए । 

 साहित्यकार डा रुपक श्रेष्ठले भाया साक्रामा पोखिएको नेपाल राष्ट्र प्रेमको प्रशंसा गर्नु भयो । उहाँले उक्त सङ्ग्रहमा डायोस्पोरिक चेत रहेको बताउँदै नियात्रासङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष क्षमता भएको बताए । 

साहित्यकार वासु शर्माले युरोपियन देशको भ्रमणका बारेमा लेखिएको यात्रामा लेखक  जताततै नेपाल खोज्दै र सम्झँदै हिँडेको सुखद पक्षको चर्चा गर्दै भाया साक्राले शिक्षा मात्र हैन आनन्द पनि दिने बताए । 

नियात्राकार बजगाईंले आफूले विशेष मेहनत र अनुसान्धान पश्चात भाया साक्रा लेखेको बताउँदै आगामी दिनमा अरु नयाँ विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने बताए । 
  
कार्यक्रममा साहित्यकार गोपी सापकोटा, दिनेश पौडेल, अर्कराज तिम्सिना, विजय हितानले मन्तव्य व्यक्त गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.