तास खेल्दै गरेका सातजना पक्राउ

तास खेल्दै गरेका सातजना पक्राउ

भक्तपुर :  प्रहरीले ७२ हजार तीन सय रुपैयाँ नगदसहित सातजनालाई तास खेल्दै गरेको अवस्थमा नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर थिमी नगरपालिका- ५ कमेरोटारस्थित एक घरमा डेरा गरी बस्नेत ३४ वर्षीय कुमार कार्कीको कोठाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

परिसरका अनुसार कार्कीले आफ्नै डेरा कोठामा तास खेलाइरहेको छ भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा तास खेल्ने खेलाउने कार्यमा संलग्न सातजनालाई नियन्त्रणमा लिइएको हो।

परिसरका प्रहरी निरीक्षक मदन केसीले उनीहरुको साथबाट नगद ७२ हजार तीनसय नेपाली रुपैयाँ, एकसय दरका चार थान भारतीय रुपैयाँ, अमेरिकी डलर एक दरका तीन थान र १३ बुक तास बरामद भएको जानकारी दिए।नियन्त्रणमा लिइएकालाई परिसरमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.