रावा बैंकका सहायक प्रबन्धक ५० हजार घुससहित समातिए

रावा बैंकका सहायक प्रबन्धक ५० हजार घुससहित समातिए

काठमाडौँः राष्ट्रिय वाणिज्य बैंक बैंक बर्दिबास शाखा कार्यालयका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले ५० हजार घुससहित पक्राउ परेका छन् । काफ्लेलाई उनकै कार्यकक्षबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सोमबार ५० हजार घुससहित पक्राउ गरेको हो । 

अख्तियारको बर्दिबास कार्यालयका अनुसार नेपाल सरकारबाट प्रदान गरिने सहुलियत दरको कृषि ऋणका लागि ऋणीबाट घुस बापद ५ प्रतिशत रकम लिइरहेको अवस्थामा काफ्ले पक्राउ गरेका हुन् । 

बर्दिबास–९ स्थित रञ्जना गाई फर्मका लागि स्वीकृत भएको १० लाख ऋणमा काफ्लेले ५ प्रतिशत कमिशन मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेका थिए ।अख्तियारको टोलीले नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखाका दुईजना कर्मचारीलाई केही दिनअघि घुसहित पक्राउ गरेको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.