व्यापारिक मार्गमा अवरोध नगर्न आग्रह

व्यापारिक मार्गमा अवरोध नगर्न आग्रह

 सिमरा : पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा निर्माणाधीन ६ लेनको व्यापारिक मार्ग आयोजनाले सडक विस्तारको वातावरण बनाइदिन जितपुरवासीसँग आग्रह गरेको छ ।

सडक विस्तारका लागि जितपुर बजारको १ हजार १ सय मिटर क्षेत्रमा समस्या देखिएपछि आयोजना कार्यालयले सर्वपक्षीय भेला राखेर समाधानको पहल गरेको हो । आयोजनाले सडक निर्माणमा अवरोध नगर्न स्थानीयसँग आग्रह गरेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी पथलैया–परवानीपुर व्यापारिक मार्ग र परवानीपुर–गण्डक चार लेन सडक निर्माणको काम भइरहेको छ । करिब २७ किलोमिटर मार्ग निर्माणका क्रममा जितपुर बजार क्षेत्रमा समस्या देखिएको छ ।

जितपुरवासीले मार्गका दायाँ–बायाँ २५ मिटर क्षेत्रभित्र परेका घरटहराको क्षतिपूर्ति दिन माग गरेका छन् । आयोजनाले भने जग्गा प्राप्ति ऐनअनुसार क्षतिपूर्ति दिन सकिने र त्यसबाहेकका क्षेत्रमा क्षतिपूर्तिको व्यवस्था नरहेको स्पष्ट पारेको छ । ऐनअनुसार राजमार्गका दायाँ–बायाँ २५ गजभित्र पर्ने घरटहराको क्षतिपूर्ति सरकारले दिनेछ । जितपुरमा भने २५ मिटर क्षेत्रभित्र बढी संरचना बनेका छन् ।

यसअघि चार लेन सडक विस्तारका क्रममा क्षतिपूर्ति पाएको भन्दै स्थानीयले यसपटक पनि उचित क्षतिपूर्ति दिएर मात्र घरटहरा भत्काउन आग्रह गरेका छन् । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष घनश्याम गिरीले आफूहरू विकासविरोधी नभएकाले स्थानीयको समस्या बुझिदिन आग्रह गरे । ‘हामीले विकासको काम रोक्नुपर्छ भनेका छैनौं’, उनले भने,‘सडक विस्तार गरिरहँदा केही स्थानीय विस्थापित हुन्छन्, उनीहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ भन्ने हाम्रो माग हो । ’

दायाँ–बायाँ २५ मिटर क्षेत्रभित्र परेका घरटहराको क्षतिपूर्ति दिन जितपुर बजारवासीको अडान ।

आयोजना प्रमुख रवीन्द्रलाल दासले भने यसअघि चार लेनको सडक वैदेशिक अनुदानमा बनेकाले क्षतिपूर्ति दिइएको उल्लेख गर्दै यसपटक सरकारले निर्माण गर्न लागेकाले ऐनअनुसार काम गर्ने बताए । ‘मैले ऐनमा टेकेर काम गर्ने हो, ऐनमा क्षतिपूर्तिको व्यवस्था भएअनुसार दिन सकिन्छ’, उनले भने, ‘त्यसबाहेकका क्षेत्रमा स्थानीय आफैंले घरटहरा भत्काउने वा अन्यत्र सानुपर्छ ।’

उनले २०३४ सालअघि बनेका संरचनाको हकमा क्षतिपूर्ति दिने व्यवस्था ऐनमा रहेको बताए । ‘२०३४ सालभन्दा अघि जग्गा दर्ता भई संरचना बनेका छन् भने क्षतिपूर्तिका लागि पहल हुनेछ’, उनले भने ‘अन्यथा हामीले केही गर्न सक्ने अवस्था छैन ।’ उनले वैशाख १७ गतेभित्र बजार क्षेत्र खाली गरिदिन आग्रह गरेका छन् । अन्य क्षेत्रमा सडक विस्तारको कामलाई तीव्रता दिइएको उल्लेख गर्दै उनले जितपुर बजार क्षेत्रमा ढिलाइ भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.