नयाँ शक्तिका करिब डेढ सय नेता-कार्यकर्ता एमालेमा

नयाँ शक्तिका करिब डेढ सय नेता-कार्यकर्ता एमालेमा

काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया चलिरहेका बेला नयाँशक्ति नेपालका दर्जनौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 

एमालेको मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री लीला भण्डारीसहित १४६ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी कार्याकर्ताहरुलाई स्वागत गरे । एमालेमा प्रवेश गर्नेहरुमा कतारका लागि पूर्वराजदूत माया शर्मा पनि छन् । त्यसैगरी नयाँ शक्ति पार्टीका केन्द्रीय कार्य समितिका सदस्य नृपबहादुर बोहोरा पनि एमालेमा प्रवेश गरेका छन् । 

पार्टी केन्द्रीय कार्यलयमा आज आयोजित एक कार्यक्रमबीच पूर्वराज्य मन्त्री तथा नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य लिला भण्डारी , पूर्व राजदूत माया शर्मा , सुकदैया चौधरी, कार्यकारी सदस्य तथा पूर्व संसद नृपबहादुर वाहोरा प्रदेश नं. ७ का सचिव, कमला शाही कार्यकारिणी सदस्य र कञ्चनपुर जिल्लाका संयोजक जनक साउदसहित १४६ जना सहित एमालेमा प्रवेश गरेका हुन ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् । पार्टी प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.