केन्द्रले काटेको विदा प्रदेशले थप्यो, प्रदेश दुईमा सार्वजनिक विदा १० दिन बढ्यो

केन्द्रले काटेको विदा प्रदेशले थप्यो, प्रदेश दुईमा सार्वजनिक विदा १० दिन बढ्यो

जनकपुरधामः संघीय सरकारले दिने सार्वजनिक विदाबाहेक प्रदेश २ मा प्रदेश सरकारले दश दिन थप गरेको छ ।  मन्त्रिपरिषदको निर्णय बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारीले यस प्रदेशमा दिइने तथा मनाइने थप विदा र उत्सवहरुको जानकारी सार्वजनिक गरेका छन् । 

थप गरिएका विदाहरुमा सर्वप्रथम जानकी नवमीलाई समावेश गरिएको छ । हालसम्म यस पर्वको लागि विदाको व्यवस्था नेपाल सरकारबाट नगरिएको हुनाले माता सीताको जन्म जयन्तीको विशेष पर्वको रुपमा मनाउन वैशाख ११ गते एक दिन विदा दिइने भएको छ । 

रक्षा बन्धनको अवसर पारेर भदौ १० गते, छठ पर्वको अवसर पारेर कात्तिक २७ र २८ गते दुई दिन विदा दिइने भएको छ । छठ पर्वमा हालसम्म एकदिन मात्रै विदा दिने गरिन्थ्यो । प्रदेशको राजधानीको शहर जनकपुर मनाइने मुख्य पर्व मध्येको विवाह पञ्चमीको अवसरमा हालसम्म विदाको व्यवस्था नरहेकोमा मंसिर २६ गते विदा हुने भएको छ । 

त्यसैगरी मधेस आन्दोलन स्मृति दिवसको अवसर पारेर माघ ५ गते विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । २०६३ साल माघ ५ गते तराई मधेसमा जनसरोकारका विषयलाई लिएर मधेसमा आन्दोल भएको हुनाले यस दिनलाई स्मृति दिवसको रुपमा मनाइने भएको छ । 

फागु पूर्णिमाको अवसरमा चैत्र ७ र ८ गते दुई दिन विदा हुने भएको छ । तराईमा दुई दिन यो पर्व मनाउने भएकोले दुई दिने विदा दिने जनाइएको छ । रामनवमीको अवसर पारेर विगत वर्षहरुमा सरकारले विदा दिने गरे पनि २०७५ सालदेखि काटिएको थियो । 

बाह् रबिऊल (पैगम्बर मोहम्मद) को जन्म दिनको अवसरमा १ दिन बिदा दिने निर्णय समेत प्रदेश सरकारबाट भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.