भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको अध्यक्ष

भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको अध्यक्ष

नयाँ दिल्ली : भारतीय पूर्व विदेश सचिव एस जयशंकरलाई टाटा समूहले अध्यक्षमा नियुक्त गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको 'आर्किटेक्ट' मानिएका जयशंकरलाई टाटा समूहको विश्व कर्पोरेट मामिला (ग्लोबल कर्पोरेट अफेयर्स)को अध्यक्षको रुपमा नियुक्त गरिएको हो। विदेश सचिवबाट रिटायर्ड भएको तीन महिना पछि उनी टाटा कम्पनीमा आवद्ध भएका हुन्। उनले टाटा समूहको अध्यक्ष एन चन्द्रशेखरनलाई रिपोर्ट गर्नेछन्।

विदेश सचिव सेवाबाट जयशंकर जनबरी २८ तारिखमा रिटायर्ड भएका हुन्। उनले 'कुलिंग अफ पिरिय' कै समयमा टाटा समूहमा आवद्ध भएका हुन्। भारत सरकारले व्यूरोक्रेटहरुका लागि कुलिंग अफ पिरियडको समयावधि एक वर्ष तोकेको छ। एक वर्षको अवधिमा कुनै पनि नीजि संस्थानमा आवद्ध हुन चाहने व्यूरोक्रेट्सले भारत सरकारसँग अनुमति लिनुपर्ने हुन्छ। जयशंकरले सो पिरियडबाट छुट पाएका छन्।

भारतीय संचारमाध्यमका अनुसार जयशंकरले टाटा समूहबाट प्रस्ताव आएपछि अघिल्लो साता भारतीय प्रधानमन्त्री मोदीलाई सो अवधिको छुटका लागि आग्रह गरेको पत्र पठाएका थिए। जयशंकरको पश्चिमी तथा पूर्वी मुलुकमा काम गरेको अनुभव र उनको आक्रामक व्यक्तित्वका कारण मोदी सरकारले विदेश सचिवमा नियुक्त गरेको थियो। दुई वर्षे कार्यकाल सकिएपछि उनको एक वर्षको अवधि थपिएको थियो।

समग्रमा तीन वर्षे कार्यकालमा जयशंकर मोदी सरकारको पूर्वी तथा पश्चिमी राष्ट्रसँगको सम्बन्ध विस्तार गर्नका लागि सफल मानिए भने छिमेकी नीतिको मामलामा आलोचित भए। विशेषगरी अमेरिकाका लागि भारतीय राजदूतको भूमिका निर्वाह गरिसकेका उनी भारतको अमेरिकासँगको असैनिक परमाणु संझौता(सिभिल न्यूक्लियर एग्रिमेन्ट)को प्रभावकारी समन्वयका लागि पनि चिनिन्छन्। त्यसैगरी भारत चीनबीचको दोकलाम विवादलाइ शान्तिपूर्ण ढंगबाट समाधान निकाल्ने कुटनीतिज्ञको रुपमा उनी सफल मानिएका थिए।

मोदीको विश्वासपात्र मानिएका जयशंकर नेपाल मामिलामा भने चुकेका हुन्। नेपालले २०१५मा जारी गरेको संविधान रोक्नका लागि उनले उठाएको कदम सबैभन्दा आलोचित भएको थियो। संविधान जारी गर्ने मिति घोषणा भइसकेपछि काठमाडौ पुगेर मिति नै पछि सार्नका लागि उनले तात्कालिन प्रधानमन्त्री स्व.शुशिल कोइरालालाई दिएको दबाब पछि नेपालमा उनी निकै आलोचित भएका थिए। 

उनलाई भारतको अन्य छिमेकी मुलुकसँगको सम्बन्धमा आएको तिक्तताको लागि जिम्मेबार मानिएको थियो। सिंगापुरका लागि उच्चायुक्त, चीन र अमेरिका लागि भारतको राजदूतको भूमिका निर्वाह गरिसकेका जयशंकर छिमेक नीतिमा कच्चा रहेको घटनाक्रमले देखाएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.