प्रधानमन्त्री ओली भन्छन्: तानाशाहीको लक्षण अझै देखिन्छ

प्रधानमन्त्री ओली भन्छन्: तानाशाहीको लक्षण अझै देखिन्छ

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन् । 

मदन भण्डारी स्मृति बाटिकाको मं‌गलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन् । 'सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन', उनले भने, 'बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं ।' 

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए । 

तानाशाही भएकै हो 

प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरुले देशलाई अधिनायकवादतिर लगेको आरोप लगाइरहेका बेला स्पष्टिकरण दिन पनि भ्याए । 

'कोही-कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन् । छिट्टै मेलम्चीको पानी आउँदैछ', ओलीले भने, 'आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौँमा मेट्रो रेल बन्छ । कतिपय त्यत्तिकै आत्तिएका छन् । यस्ता कुतर्कको पछि नलाग्नु होला ।'

ओलीले काठमाडौँ-निजगढ फास्ट् ट्र्याक पनि समयमै बनाइसक्ने बताए । ‘काठमाडौँ–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गर्छौँ', उनले भने, 'निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अघि बढ्छ, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल चाँडो बनाउने गरी काम अघि बढाइनेछ ।'

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पुर्‍याउनुभएको योगदानको स्मरण गरे । 

'मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुनुहुन्छ', उनले भने, 'उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।' 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व भई मुलुक दीगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने बताए ।

जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैँमा अनुपम रहेको बताए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.