'बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ '

'बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ '

काठमाडौं :  रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताएका छन्  । नेपाल मुस्लिम इत्तेहाद संगठनले मंगलबार  आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे  ।

मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उनले बताए । “हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ । यही आधारमा एकतामा जानुपर्छ । एकताबाट भागेर कहाँ जाने ” उनले भने, “बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ ।” 

विभिन्न पर्व बिदाबारे स्पष्ट पार्दै  उनले भने – सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्नेछ । जाति र धर्म विशेषलाई दबाउने काम हुने छैन । सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षाजस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्ने पनि उनले स्पष्ट पारे  । 

मुस्लिम समुदायलाई संगठित गर्ने र अधिकार दिलाउने काममा एमाले जति अरु दलले अगुवाइ नगरेको जिकिर पनि  उनले गरे  । संगठनले आफ्नो समुदायको बिदा कटौती नगर्न र मुस्लिम समुदायको अधिकार स्थापित गर्न आवाज उठाउँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.