कृष्ण पहाडीको कटाक्ष: नेताहरुमा राजा-महाराजाको प्रेतात्मा सवार

कृष्ण पहाडीको कटाक्ष: नेताहरुमा राजा-महाराजाको प्रेतात्मा सवार

काठमाडौँ: नागरिक अभियन्ता तथा मानव अधिकारकर्मी कृष्ण पहाडीले लोकतन्त्रको नाममा नेताहरुमा राजा-महाराजाहरुको प्रेतात्मा सवार भएको टिप्पणी गरेका छन् । 

एपीवान टेलिभिजनको कार्यक्रम एपी सेन्टरमा मंगलबार कुरा गर्दै पहाडीले जनआन्दोलनका उपलब्धीहरु राजनीतिक रुपले संस्थागत भए पनि नेतृत्व तहमा राजा-महाराजाको सामन्ती सोचको प्रेतात्मा सवार भएको कटाक्ष गरेका हुन् । 

'२०६२/६३ को दोस्रो जनआन्दोलनका उपल्बधीहरु छुने गरी होइन, अनुभूति गर्ने गरी संस्थागत हुनुपर्छ', पहाडीले भने, 'व्यवस्था परिवर्तनसँगै नेतृत्व तहको प्रवृतिमा परिवर्तन हुनुपर्छ ।'

नेतृत्व तहमा रहेको प्रवृत्तिमा परिवर्तन आउन नसकेकै कारण जनताले दु:ख पाएको भन्दै उनले गुनासो गरे । 

अब समृद्धिको यात्रा: गैरे

त्यस्तै, नेकपा एमाले नेता ठाकुर गैरेले लोकतान्त्रिक आन्दोलनले राजनीतिक उपल्बधी संविधान तथा निर्वाचनमार्फत संस्थागत गरेको बताए । उनले अबको यात्रा समृद्धिको पथमा हुनुपर्नेमा जोड दिए । 

नेता गैरेले जनताले वास्तविक अनुभूति गर्ने गरी सरकारले विकास निर्माणको प्रक्रिया अघि बढाएमा मात्रै लोकतन्त्रको सही अर्थमा कार्यान्वयन भएको मानिने बताए । 

जनताका लागि लोकतन्त्र: घिमिरे

त्यस्तै, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले लोकतन्त्र नेताहरुका लागि नभई नागरिकका लागि ल्याएको बताए ।

उनले अब पनि राजनीतिक नेतृत्वले जनताले अनुभुति गर्ने गरी वास्तविक लोकतन्त्रको आभाष नगराए परिस्थिति प्रतिकुल हुने चेतावनी दिए । एपी सेन्टरको यो श्रृंखला आज राति १० बजे पुन:प्रशारण हुँदै छ ।

भिडियो हेर्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.