च्याम्पियन्स लिगः रोमामाथि प्रभावशाली जितसँगै लिभरपुल फाइनल नजिक

च्याम्पियन्स लिगः रोमामाथि प्रभावशाली जितसँगै लिभरपुल फाइनल नजिक

काठमाडौँः युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इङ्लिस क्लब लिभरपुलको सनसनीपूर्ण प्रदर्शन जारी छ । 

गएराति घरेलु मैदान एनफिल्डमा भएको सेमिफाइनलको पहिलो लेगको भिडन्तमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हराउँदै फाइनल यात्रा करिब पक्का गरेको छ । 

लिभरपुलको फराकिलो जितमा केही दिनअघि मात्रै पीएफए प्लेयर अफ दि इयर भएका इजिप्टका मोहम्मद सलाहले २ र ब्राजिलिय स्ट्राइकर रोबर्टो फिरमिन्हिोले पनि २ गोल गरे । 

लिभरपुललाई फाइनल नजिक पु¥याउने क्रममा सलाहले खेलको ३६ र ४५ औँ मिनेटमा गोल गरे । त्यसैगरी स्याडियो मानेले खेलको ५६ औँ मिनेटमा गोल थपे ।

अन्य दुई गोल फिरमिन्होले गरे । उनले खेलको ६२ र ६९ औँ मिनेटमा गोल गरेपछि लिभरपुलको फाइनल यात्रा लगभग तय भएको छ । 

रोमाले अन्तिम समयमा खेलमा फर्कने प्रयास गर्यो तर सफल भएन । उसका लागि म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर एडिन जेकोले ८१ औँ मिनेटमा पहिलो गोल गरे ।

त्यसपछि पेरोट्टीले खेलको ८४ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिभरपुलको अग्रता ५–२ मा झारे । त्यसपछि दुवै टोली गोल गर्न असफल रहँदा घरमै लिभरपुलले बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा पुगेको रोमामाथि गतिलो जित दर्ता ग¥यो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.