आईपीएल: सनराइजर्सले ६ वर्षपछि वानखेडेमा मुम्बईलाई हरायो
मुम्बई: आईपीएलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ। मुम्बईको होम ग्राउन्ड वानखेड़े स्टेडियममा हैदराबादको यो पहिलो जित हो ।
सन् २०१३ मा पहिलो पटक आईपीएल खेल्न उत्रेको हैदराबादको टीमले यसभन्दा पहिले यहाँ खेलेका तीनै खेलमा पराजयको सामना गर्नुपरेको थियो ।
११९ रनको चुनौती पछ्याएको मुम्बई १८.५ ओभरमा ८७ रनमा अल आउट भयो । ४ ओभरमा ११ रन दिएर २ विकेट लिने राशिद खान म्यान अफ द म्याच भए ।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको हैदराबादको टीम १८.४ ओभरमा ११८ रनमा अल आउट भएको थियो ।
मुम्बईका ओपनरले टीमलाई गतिलो सुरुवात दिन सकेनन् । इविन लुईस ५ रन बनाएर सन्दीप शर्माको बलमा आउट भए । त्यपछि ईशान किशन शून्य र कप्तान रोहित शर्मा २ रनमै आउट भए ।
उनीहरुपछि सूर्यकुमार यादव ३३ र क्रुणाल पन्ड्याले २४ रन बनाए । दुवै आउट भएपछि अन्य कुनै ब्याट्म्यान क्रिजमा जम्नै सकेनन् ।
हैदराबादका लागि सिद्धार्थ कौलले सबैभन्दा धेरै तीन विकेट लिए । राशिद खान र बासिल थन्पीले २-२ विकेट लिए। सन्दीप शर्मा, मोहम्मद नबी र शाकिब अल हसनले १-१ विकेट लिए।
हैदराबादका ओपनर शिखर धवन ५ र रिद्धिमान साहा शून्यमै मिशेल म्याक्लेनाघनको शिकार भए । दुवैजना पारीको दोस्रो ओभरमै आउट भए। उनीहरुपछि मनीष पान्डेयले १६ रनमार हार्दिक पन्लड्याले आउट गराए ।
मुम्बईको तर्फबाट मिशेल म्याक्लेनाघन, हार्दिक पन्ड्या र मयङेक मार्कन्डेले समान २-२ विकेट लिए।