प्रधानमन्त्री भन्छन्: धरहरा उठाउन कोदालो खन्छु, डोकोमा इँटा पनि बोक्छु

प्रधानमन्त्री भन्छन्: धरहरा उठाउन कोदालो खन्छु, डोकोमा इँटा पनि बोक्छु

काठमाडौँ: विनाशकारी गोरखा भू‍कम्प गएको तीन वर्ष पुगेको छ। आठ हजार भन्दा धेरै मानिसको ज्यान लिने गरी गएको भूकम्पले धेरै भौतिक संरचना पनि भत्कायो । 

भत्काएमाध्ये धेरै संरचना अहिले धमाधम बनिरहेका छन् । तर नेपालीको शान बनेको धरहरा अझै उठेको छैन । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै बनाउने भनिएको धरहराको ढलेको ठुटोले अझै पनि सरकारलाई गिज्याइरहेको छ। 

भीमसेन स्तम्भकारुपमा परिचित धरहरामूनि दोस्रो पटक प्रधानमन्त्री बनेपछि केपी शर्मा ओली बुधबार पुगे । ढलेको धरहराको ठुटाको आडैमा एक कार्यक्रम गरेर भूकम्पमा ध्वस्त संरचनालाई पुननिर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रम ओलीले बताए ।

उनले भूकम्पले ढलेको नेपालीक शान धरहरालाई स्भाविमानका साथ उठाउने दाबी गरे । प्रम ओलीले ढलेको धरहरा उठाउन आफू कोदालो खन्न र डोकोमा इँटा बोक्न पनि तयार रहेको स्पष्टिकरण दिए । 

'भूकम्पले ढलेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ', कार्यक्रममा उनले भने, 'त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौँ, त्यहीँबाट नव-निर्माणमा जुटौं ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.