सांसदले नियमापत्ति गर्दा सभामुख ट्वाल्ल

सांसदले नियमापत्ति गर्दा सभामुख ट्वाल्ल

पोखरा : प्रदेशसभामा मंगलबार सांसदले नियमापत्ति गर्दा सभामुख नेत्रनाथ अधिकारी निरीह छन् । कांग्रेसबाट निर्वाचित प्रदेश सांसद मेखलाल श्रेष्ठले प्रदेशसभाको विशेष समयमा बोल्दाबोल्दै माओवादी सांसद दीपक कोइराला र एमाले सांसद राजीव पहारीले नियमापत्ति गरेका थिए । सांसद श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन एमाले अध्यक्ष केपी ओलीले खुट्टा ताछेर पनि जुत्ता लगाउनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विचार राखेका थिए । उनले कार्लमाक्स र लेनिनको नाम उल्लेख नगरी विदेशी नेताको फोटो खोज्ने काम उक्त सभामा भएको भन्दै त्यस्तो राष्ट्रवाद हुन नसक्ने उल्लेख गरेका थिए ।

सांसद कोइरालाले प्रदेशसभाको विषय र क्षेत्राधिकारभन्दा बाहिर गएर कम्युनिस्ट पार्टीका नेतामाथि अपमान गरेको भन्दै नियमापत्ति प्रकट गरे । पहारीले पनि सांसद श्रेष्ठले क्षमा माग्नुपर्ने बताए । तर, सभामुखले कुनै प्रतिक्रिया दिएनन् ।

प्रदेशसभा नियमावलीमा सांसदले नियमापत्ति गर्दा सभामुखले कुन नियममा आपत्ति हो उल्लेख गरी बोल्न स्वीकृति दिने उल्लेख छ । तर, सभामुख नेत्रनाथ अधिकारीले न नियमापत्ति गर्ने सांसद कोइराला र पहारीलाई बोल्न स्वीकृति दिए न सांसद श्रेष्ठलाई केही निर्देश गरे । माननीयज्यू तपाईंको समय सकियो भनेर श्रेष्ठलाई भने अनि उनी रोकिए । सांसद श्रेष्ठले प्रदेशसभाको क्षेत्राधिकारबाहिरकै र नियमापत्ति हुने कुरा अभिव्यक्त गरेकै भए पनि कोइराला र पहारी कुन नियममा उल्लंघन भयो भनेर उल्लेख गर्न सकेका थिएनन् ।

सभामुख नेत्रनाथ अधिकारीको कुनै रुलिङबिनै संसद् शान्त भएपछि संसद्को कार्यक्रम सरासर अघि बढ्यो । सभामुखले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई संसद्मा उठेका प्रश्नको जवाफ दिन समय उपलब्ध गराएका थिए । लम्सालको जवाफमा कांग्रेस सांसद कुमार खड्काले नियमापत्ति गरे । खड्काले नियमसमेत उल्लेख गर्दै नियमापत्ति गरे । तर, त्यसमा पनि सभामुखले केही बोलेनन् । बरु मन्त्रीले नै प्रसंग फेरे । यसअघि पारित भइसकेको सरकारको नीति तथा कार्यक्रमलाई विपक्षी सांसदले विरोधका लागि विरोध गरेको मन्त्री लम्सालले बताएका थिए ।

त्यत्तिकैमा सांसद खड्काले पारित भइसकेको विषयबारे फेरि टिप्पणी गर्ने अधिकार मन्त्रीलाई नभएको भन्दै नियमापत्ति गरेका थिए । नीति तथा कार्यक्रमबारे उठेका सवालको जवाफ मुख्यमन्त्रीले यसअघि नै संसद्लाई दिइसकेको र नीति तथा कार्यक्रम पारित भइसकेको खड्काले बताएका थिए । संविधानसभामा सांसद खड्काले रीतपूर्वक नियमापत्ति गर्न सकेका थिए । तर, अघिल्ला २ सांसदले रीत पुर्‍याएनन् भने सभामुखले त्यस्तो बेला आफूले के गर्नुपर्छ भन्ने नै थाहा पाएनन् ।

.....

प्रदेशसभामा नियमापत्ति गर्दै सांसद राजीव पहारी । कृष्णमणि बराल ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.