धेरै दाइजो मागेपछि केटीले गरिन आत्महत्या, केटाका बाबु पक्राउ

धेरै दाइजो मागेपछि केटीले गरिन आत्महत्या, केटाका बाबु पक्राउ

पर्सा  : दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०३३ अनुसारको कसुर भएकाले साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए  । 

पक्राउ परेका साहलाई मंगलबार सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले बेहुलापक्षले दाइजोका लागि दिएको दबाबकै कारण रविताले विवाह हुने आठ दिनअघिनै आत्महत्या गरेको अनुसन्धानबाट खुलेपछि आवश्यक कारबाहीका लागि केटाका पिता साहलाई नियन्त्रणमा लिइएको  बताए । 

 तीन लाख नगद, साइन मोटरसाइकल, सुनको सिक्री, औँठी, कपडा र घरायसी सामान दाइजोमा दिने सहमतिपछि बच्चु साहका छोरा शिवदयाल कुमार र रविताबीच यही वैशाख १४ गते विवाह गर्ने सहमति भएको थियो । 

दाइजोबारे सहमति भएको केही दिनपछि नै केटा पक्षले थप  ८० हजार नगद माग गरेपछि दुवै पक्षमा तनाव उत्पन्न भएको र सोको जानकारी रवितालाई भएपछि घरको कोठामा वैशाख ६ गते पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले जानकारी दिए ।  

उनले  केटा पक्षले माग गरेको थप दाइजो रकमबारे रविताले शिवदयाललाई फोन गरी कुरा गर्दा माग गरिएको थप रकम नदिए विवाह नगर्ने बताएपछि रविताले आत्महत्या गरेको अनुसन्धानबाट देखिएको  बताए  । 

दाइजोकै कारण विवाहपूर्व नै रविताले आत्महत्या गर्नु परेको लिखित उजुरी उनका परिवार पक्षले दिन नमानेपछि आत्महत्या गरिने कारकलाई वर्तमान कानूनले कारबाही गर्ने प्रस्ट व्यवस्था नभएका कारण जिल्ला प्रहरी कार्यालय, पर्साको प्रतिवेदनका आधारमा बच्चु साहलाई सामाजिक सुधार ऐनअनुसार मुद्दा चलाउने तयारी गरिएको उपरीक्षक रेग्मीले सञ्चारकर्मीलाई जानकारी दिए  । 

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका शिवदयाल साह भने फरार रहेको प्रहरीले जनाएको छ । फरार शिवदयालको खोजी भइरहेको प्रहरीले बताएको छ । 

दाइजो लिनु र दिनु दुवै दण्डनीय अपराध भएकाले यस्तो कार्य नगर्न नगराउन सबैलाई पर्सा प्रहरीले अनुरोध गरेको छ । दाइजो लिने वा दिने कार्यमा कोही संलग्न रहेका छन् भने त्यस्ता व्यक्तिबारे जानकारी दिन प्रहरीले सर्वसाधारणसँग अपिल पनि गरेको छ ।रासस 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.