शुल्क बृद्धि फिर्ताको माग गर्दै विद्याथीद्वारा शिक्षा विभागमा धर्ना
काठमाडौं : शुल्क बृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनले बुधबार शिक्षा विभागमा धर्ना दिएका छन् । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रुपमा शिक्षा विभागमा करिब डेढ घण्टा धर्ना दिएका छन् ।
धर्नापछि आयोजित कोण सभामा बोल्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाउन माग गरेका छन् । उनीहरुले शुल्क बृद्धि फिर्ता नलिएमा राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । विद्यार्थी संगठनले शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका तत्काल कार्यान्वयन गर्न दबाब दिएका छन् ।
विद्यार्थी संगठनले आगामी बैशाख १४ गते देशभरका स्थानीय तहको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन् ।