अर्थतन्त्रको आकार ३० खर्ब सात अर्ब, प्रतिव्यक्ति आय एक हजार चार डलर
काठमाडौँः चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आका तीन खर्ब ६४ अर्बले ६५ अर्बले बढेर ३० खर्ब सात अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २६ खर्ब ४२ अर्ब रहेको थियो ।
यस वर्ष आर्थिक क्रियाकलाप बढ्दा जीडीपीमा उल्लेख्य सुधार आएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । ‘हाम्रो अर्थतन्त्रको आधार कमजोर भएकोले सानो सुधारले पनि अर्थतन्त्रमा उल्लेख्य सुधार आएको हो’, उनले भने ।
त्यसरी नै यस नेपालको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर अर्थात एक लाख तीन हजार तीन सय ३५ रुपैयाँ पुगेको चालु आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांकको प्रतिवेदनले देखाएको छ । एक नेपालीले आफूले कमाएको रकमबाट प्रतिसय १५ रुपैयाँ बचाउन थालेका छन् ।
आर्थिक क्रियाकलापमा सुधार भएपनि धानको उत्पादन घट्दा लक्षित आर्थिक वृद्धिदर हासिल हुन नसकेपनि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएक वित्तीय संस्थाले गरेको भन्दा नेपालको आर्थिक वृद्धिदर माथि उक्लिएको छ ।
चालु आवमा ५.८९ प्रतिशत आर्थिक वृद्धिदर रह्ने तथ्यांक विभागले सार्वजनिक गरेको छ । सरकारले बजेट प्रस्तुत गर्दा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर कार्य गरेपनि बजेट मध्यावधि समीक्षामा भने वृद्धिदर घटाएर ६ प्रतिशतमा झारेको थियो ।