काभ्रेको कुशादेवीमा तीन दिने पर्यटन महोत्सव हुने

काभ्रेको कुशादेवीमा तीन दिने पर्यटन महोत्सव हुने

काभ्रे: अर्ग्यानिक मह, दूग्धजन्य पदार्थ, तरकारी र फलफूल जस्ता स्थानीय उत्पादनका लागि काभ्रेको पनौतीस्थित बिहावर क्षेत्रको आफ्नै महत्व छ।

ट्राउट माछाका पारखीका लागि पनि यो स्थान आकर्षणको केन्द्र बन्दैछ। अझ ढिँडोको मौलिक स्वाद लिन चाहनेका लागि यो ठाउँ झनै उपयुक्त छ। यी मौलिकताहरुको प्रदर्शन गर्दै ग्रामीण पर्यटनको प्रवर्द्धनका लागि काभ्रेको पनौती बिहावर क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ।

स्थानीय उत्पादनबाहेक कुशादेवीस्थित बिहावरक्षेत्र सगरमाथा, कन्चनजञ्घा, गौरीशंकर लगायतका हिम श्रृंखलाहरुको दृश्यावलोकनका लागि उपयुक्त क्षेत्र हो।

समुन्द्री सतहदेखि २७ सय मिटर उचाइँमा रहेको कुशाहदेवी क्षेत्रमा २८० प्रजातिका चराचुरुङगी, चितुवा,  मृग लगायतका जंगली जनावारको समेत बासस्थान रहेको छ।यीनै कुराहरुलाई लिएर ग्रामिण पर्यटन प्रवर्द्धनका लागि यही बैशाख १५ देखि ३ दिनसम्म यो क्षेत्रमा पर्यटन महोत्सव हुन लागेको हो।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री हुनुका साथै हाफ म्याराथन, साइक्लिङ र हाइकिङ जस्ता खेलसमेत सञ्चालन हुने जानकारी दिए ।

महोत्सवमा स्थानीय संस्कृति र झाँकीहरुको पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ। साथै महोत्सवमा प्याराग्लाडिङ पनि गर्न सकिनेछ। महोत्सवले प्राकृतिक सम्पदाले धनी यो क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने महोत्सवका सहसंयोजक पुरुषोत्तम अधिकारीले विश्वास व्यक्त गरे। महोत्सवलाई नेपाल पर्यटन बोर्डले पनि प्रवर्द्धन गरेको छ।

महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले गर्ने कार्यक्रम रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.