दुई शव फेला
बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका –३ रुद्रेश्वरका ३० वर्षीय धीरजकुमार बोहरा चौलानी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार साँझ दार्चुलाबाट बैतडी आउने क्रममा बोहरालाई नदीले बगाएको थियो । मृतक बोहराको चौलानी नदी किनारमा बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । यस्तै पाटन नगरपालिका –८ खोड्पे बजारभन्दा केही पर सडकबाट ३ सय मिटर तल खसेको एक वेवारिशे शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुषको शव फेला परेको प्रहरी चौकी खोड्पेका प्रहरी सहायक निरीक्षक दुर्लभसिंह साँकीले बताए ।
शवको कस्को हो भन्ने कुरा नखुलेको उनले बताए । शव सडेको अवस्थामा रहेकाले केही दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । बुधबार दिउँसो प्रहरीको टोली घटनास्थल पुगेको थियो ।