प्रभु मनि–मुथुट फिनकर्प सम्झौता

प्रभु मनि–मुथुट फिनकर्प सम्झौता

 नयाँ दिल्ली : भारतका विभिन्न सहरबाट नेपालमा रेमिटेन्स पठाउँदै आएको प्रभु मनि ट्रान्सफरले भारतीय वित्तीय कम्पनी मुथुट फिनकर्प (निलो मुथुट) सँग सम्झौता गरेको छ । यो संझौता यही अप्रिलदेखि लागू हुनेछ । सञ्जाल थप विस्तार गर्ने क्रममा प्रभु मनिले गरेको यो सम्झौतापछि मुथुट फिनकर्पका करिब चार हजार शाखाबाट नेपाल पैसा पठाउन सकिनेछ ।

शाखाबाट नेपाल पैसा पठाउँदा ४८हजार रुपैयासम्म दुई सय ४० रुपैयाँ ८० हजार को दुइ सय तीन सय २० रुपैयाँ शुल्क लाग्नेछ । दश वर्षअघि भारतबाट नेपाल रेमिटेन्स कारोबार सुरु गरेको प्रभु मनिले एसबीआई बैंक तथा रत्नाकर बैंकसँगको सहकार्यका अलाबा भारतमा रेमिटेन्सकै मुख्य कारोबार गर्ने अन्य ४० भन्दा बढी कम्पनीसँग सञ्जाल विस्तार गरेको छ ।

‘अहिले कम्पनीले दैनिक साढे तीनदेखि चार करोड भारतीय रुपैयाँ बराबरको रकम नेपाल पठाउँदै आएको छ,’ प्रभु बैंकका दिल्ली प्रतिनिधि सुनिल मिश्रले जानकारी दिए ।भारतबाट पठाएको पैसा नेपालमा प्रभु बैंकलगायत अन्य सबै वाणिज्य बैंक तथा सहकारी संस्थाका खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

मुथुट फिनकर्प गोल्ड लोन तथा वित्तीय कारोबारमा एक सय ३० वर्षीय पूरानो कम्पनी हो । भारतमा गोल्ड लोन ब्रान्ड बनेको मुथुट फाइनान्स (रातो मुथुट) र मुथुट फिनकर्पको उत्पत्तिको जग एउटै हो । प्रभु बैंकले यसअघि मुथुट फाइनान्ससँग पनि सम्झौता गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.