लज्जास्पद प्रदर्शनपछि गौतम गम्भीरले छाडे दिल्लीको कप्तानी

लज्जास्पद प्रदर्शनपछि गौतम गम्भीरले छाडे दिल्लीको कप्तानी

नयाँ दिल्ली: आईपीएल २०१८ मा निराशाजनक प्रदर्शनपछि गौतम गम्भीरले दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा दिएका छन् । गम्भीरको स्थानमा मुम्बईका युवा ब्याट्सम्यान श्रेयस अय्यरलाई दिल्लीको कप्तानी दिइएको छ । कप्तानबाट राजीनामा दिए पनि गम्भीर टीमका सदस्य भने रहनेछन् । 

गौतम गम्भीरले दिल्ली डेयरडेभिल्सको कप्तानी छोड्ने क्रममा भनेका छन्, 'मैले टीमका लागि पर्याप्त योगदान दिन सकिन । कप्तान भएपछि मैले जिम्मेवारी लिनु पर्थ्यो । मलाई लाग्छ कप्तानी छाड्ने यो सही समय हो ।'

गम्भीरले अगाडि भने, 'मैले कप्तानको दबाव झेल्न सकेको थिइन । यसैकारण कप्तानबाट राजीनामा दिने निर्णय गरेँ। यो मेरो आफ्नो निर्णय हो । फ्रेन्चाइजीको कुनै दबाब ममाथि छैन । मैले यस निर्णयबारेमा पत्नीसँग पनि छलफल गरेको छु ।'

गम्भीरले कुनै कुराको परिवर्तनका लागि आफु आतुर भए पनि यसको उल्टो असर परेको बताएका छन् । 'मैले दबाब झेल्नै नसकेका कारण यस्तो निर्णय लिएको हुँ । यदि तपाईँले बाचा गरेको कुरा पुरा गर्न सक्नु हुन्न भने जिम्मेवारी लिनै पर्छ ।'

गम्भीरले अहिलेसम्म आईपीएलको अंकतालिकामा टीम अन्‍तिममा रहेकाले पनि त्यसको दोष आफूले लिनुपर्ने बताए । उनले टीमको प्रदर्शनलाई जिएर कप्तानी छोड्ने निर्णय लिएको बताए ।

‘मैले एक्लै यसमा गहन विचार गरेँ । मैले दबाब झेल्न सकिन म यो जिम्मेवारीका लागि राम्रो स्थितिमा थिइनँ', उनले भने । यो पत्रकार सम्मेलनमा फ्रेन्चाइजीका सीईओ हेमन्त दुआ र प्रशिक्षक रिकी पोन्टिङ्ग पनि उपस्थित थिए।

दिल्लीलाई च्याम्पियन बनाउने बाचा

गौतमले दुई पटक कोलकाता नाइट राइडर्सलाई आईपीएलको उपाधि दिलाएका थिए । तर उनले कोलकाताको सफलतालाई निरन्तरता दिन सकेनन् । उनले दिल्ली आउनुअघि कोलकातालाई जस्तै च्याम्पियन बनाउने बाचा गरेका थिए । 

अहिलेसम्म दिल्लीले खेलेका ६ खेलमा दिल्ली डेयरडेभिल्सले ५ खेलमा हारको सामना गरेको छ । यो सिजन दिल्लीका लागि गम्भीरको प्रदर्शन राम्रो रहेन । 

उनले पाँच पारीमा केवल ८५ रन बनाए । जसमा किङ्ग्स इलेभन पञ्जाबविरुद्ध ५५ रनको पारी पनि सामेल छ । उनले पछिल्ला पाँच पारीमा दोहोर अं‌क पनि जोड्न सकेनन् । 

यस साल जनवरीमा आईपीएलका लागि खेलाडीको लिलामीमा दिल्लीको टीमले गम्भीरलाई २.८ करोड् भारतीय रुपैयाँमा किनेको थियो । कोलकाता नाइटराइडर्सले सन् २०१२ र २०१४ मा गम्भीरको कप्तानीमा आईपीएलको उपाधि जितेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.