चमेलिया तर्ने क्रममा चिप्लिएर ज्यान गयो
दार्चुला: चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवकको ज्यान गएको छ। बैतडीको डिलासैनी गाउँपालिका-३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर त्यही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।