भूकम्पबारे लालीगुरासँका विद्यार्थीहरुको सचेतना र्याली
काठमाडौँः गोरखा भूकम्प गएको तीन वर्ष पुगेको दिन बुधबार नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयका विद्यार्थीले सचेतना र्याली निकालेका छन् ।
कार्यक्रममा भूकम्पसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीहरुले जडिबुटी, कोटेश्वर र नरेफाँट क्षेत्र परिक्रमा गरेका थिए ।
र्यालीमा सहभागी विद्यार्थी, शिक्षक र कर्मचारी तथा अभिभावकहरुले विभिन्न सन्देशसहितका प्लेकार्ड बोकेर भूकम्पबाट सुरक्षित हुने संरचना बनाउन आग्रह गरेक थिए ।
आजै विद्यालयका निर्देशक सुदर्शन पराजुलीको नेतृत्व र शिक्षक यादवप्रसाद घिमिरेको संयोजकत्वमा भूकम्पसम्बन्धी भिडियो पनि प्रस्तुत गरिएको छ ।
त्यसैगरी विद्यालयले आवास निर्माणसम्बन्धी बतृत्व कला र कविता वाचन कार्यक्रम पनि गरेको छ । उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का १६० जना विद्यार्थी र विषयगत ७ शिक्षक उपस्थित थिए ।