चौध किलो सुन तस्करी प्रकरण: पक्राउ परे चिनियाँ नागरिक
काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्करीको १४ किलो सुन कारोबारमा संलग्न एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
२०७४ भदौ १४ मा टोखा नगरपालिका-११ सामाखुशीमा फेला परेको तस्करीको सुन कारोबारमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई ब्यूरोबाट खटिएको टोलीले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
त्यही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा बस्ने कोठाबाट प्रहरीले बरामद भएको थियो । त्यसैगरी अर्को एक किलो भने धनुषाबाट बरामद गरिएको थियो ।
ब्यूरोले भदौमा फेला परेको सुन ओसारपसार गर्दै आएका सात जनालाई भने यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ परेका जेड हङलाई बुधबार काठमाडौँ जिल्ला अदालतबाट अवैध सुन ओसारपसार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस !
८