पर्वतमा सुुरु भयो व्यावसायिक र्‍याफ्टिङ

पर्वतमा सुुरु भयो व्यावसायिक र्‍याफ्टिङ

कुुश्मा : पर्वतमा पहिलोपटक व्यावसायिक र्‍याफ्टिङ सुुरु गरिएको छ । कालीगण्डकी नदीमा विगत दुुई दशकदेखि र्‍याफ्टिङ हुुँदै आए पनि पर्वतमा व्यावसायिक रूपमा र्‍याफ्टिङ सुुरु भएको थिएन । छिमेकी जिल्ला पोखराका विभिन्न संस्थाले र्‍याफ्टिङका लागि विदेशी र स्वदेशी पर्यटक भिœयाइरहेका बेला यहाँका युुवाले र्‍याफ्टिङ व्यवसाय सुुरु गरेका हुुन् । पर्वतको मोदीका तीन जना युुवा व्यावसायिक रूपमा यो क्षेत्रमा लागेका हुुन् ।

पर्वतको कुुश्मा नगरपालिका वडा नं. १ स्थित नयाँ पुुलमा ‘कालीगण्डकी रिभर विच क्याम्प र्‍याफ्टिङ एन्ड रेस्टुुरेन्ट सञ्चालन गरेर यो व्यावसाय सुुरु गरेका हुुन् । मोदीका स्थानीय होम पुुन, नवीन थापा र विकास सिग्देलले संयुुक्त रूपमा लगानी गरेर गत महिनादेखि व्यवसाय थालेका हुुन् । ७० लाख रुपैयाँको लगानीमा यो व्यवसाय सुुरु गरिएको उनीहरूले बताए ।

विगत एक दशकदेखि पोखरामा रहेको एलो स्वीका ट्राभल एजेन्सीमा पर्यटक गाइडका रूपमा काम गरेका होम पुुनले आफ्नो अनुुभवबाट आफ्नै पेसा सञ्चालन गर्ने उद्देश्यले लगानी गरेको बताए । उनले भने, ‘नेपालमै र्‍याफ्टिङका लागि चर्चित नदी भएकाले यति धेरै लगानी गरेर व्यावसाय सुुरु गरेका हौं । उनीहरूले कालीगण्डकीको किनारमा रहेको नाकेडाँडी सामुुदायिक वन उपभोक्ता समितिका जग्गा भाडामा लिएर व्यवसाय सुुरु गरेका हुुन् ।

कालीगण्डकी नदीमा अहिले दैनिक दुुईदेखि १० समूहसम्म र्‍याफ्टिङका लागि आउने गरेको व्यवसायीको भनाइ छ ।

उनीहरूले लामो तथा छोटो दूरीमा र्‍याफ्टिङ गराउँदै आएका छन् । प्रायः आन्तरिक पर्यटकका लागि छोटो र विदेशी पर्यटकका लागि लामो प्याकेजमा र्‍याफ्टिङ गराउँदै आएको पुुनले जानकारी दिए । उनले भने, ‘आन्तरिक पर्यटकका लागि बागलुुङ र पर्वत जोड्ने मालढुुंगादेखि नयाँपुुलसम्म, तथा जलजला गाउँपालिकाको लस्तीदेखि नयाँपुुलसम्म दुुइटा दुुरीमा र्‍याफ्टिङ सेवा दिइँदै आएको छ ।’

लामो यात्रामा जाने कालीगण्डकी–मोदीवेणीखण्डमा पहिलो दिनको यात्रा बनाएर जाने, दोस्रो दिनमा पर्वतकै बर्राचौर गाविसको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुुँदै पोखरा जाने गरी पर्यटक यात्रा तय गर्ने गरेका छन् । यस वर्षको सिजन सुुरु भएसँंगै यतिबेला र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्या पनि वृद्धि भएको छ । सार्वजनिक बिदाका दिन छोटो दूरीमा र्‍याफ्टिङ गर्न आउनेको संख्या पनि उत्तिकै हुुने गरेको छ । लामो दूरीमा धेरैजसो इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, फ्रान्स, जर्मनीलगायत युुरोपियन मुुलुुक र अमेरिकी पर्यटक पनि आउने गरेको उनले जानकारी दिए । कालीगण्डकी नदीमा अहिले दैनिक दुुईदेखि १० समूहसम्म र्‍याफ्टिङका लागि आउने गरेको व्यवसायीको भनाइ छ । यो नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुुन्छन् । ०००

तस्बिर ः कालीगण्की नदीमा र्‍याफ्टिङ गर्दै पर्यटक । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.