सौराहाको 'केटो'लाई चीन पठाउने तयारी

सौराहाको 'केटो'लाई चीन पठाउने तयारी

रत्ननगर : चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारी गरेको छ। केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य प्रमाणित गरी केटोलाई चीन पठाइने जानकारी दिए। 

अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खोरमा राखेर पालनपोषण गरिँदै आएको छ। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले केटोलाई चीन पठाउन निकुञ्जले प्रस्ताव गरिसकेको बताए।

उनले सकेसम्म उक्त केटो पठाउन पाए जंगलबाट अरु तीनवटा मात्रै नियन्त्रणमा लिन सहज हुने बताए। गएको साउन २८ गते बाढीले बगाएर भारतको शिवपुरीगढी पुर्‍याएको केटोलाई गत भदौ १० गते उद्धार गरिएको थियो। केटोलाई दैनिक दूध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ। 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल अहिले केटो तन्दुरुस्त रहेको बताए। कोषका पशु चिकित्सक डा. अमिर षडौलाले नियमित परीक्षण हुने भएकाले  अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे। 

छिमेकी मुलुक चीनलाई दुईजोडी गैँडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको छ। 

एक सातादेखि यहाँ टोली परिचालन भएका छन्। आगामी असारभित्रमा दुईजोडी गैँडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ। सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइनेछ।रासस 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.