युगन्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख
कम्पाला, युगान्डा: गत वर्ष युगान्डामा मृत्यु भएका भोजपुरको षडानन्द नगरपालिका, केउरेनीपानीस्थित साल्माका नेपाली युवा पोस्टबहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा उनी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट राहत र बिमा बापत नेपाली २३ लाख रुपैयाँ नेपाल पठाइएको छ ।
एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार बुढाथोकीकी आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकबाट पठाइएको हो ।
संघका पुर्ब अध्यक्ष रमेश कँडेलका अनुसार छोरी नाबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालनपोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यवस्था गरिएको छ ।