थिमिका घाइते मेयरलाई भेटेर  गृहमन्त्री थापाले भने : आतंक फैलाउन खोज्नेको जरै उखेल्छौ‌

थिमिका घाइते मेयरलाई भेटेर  गृहमन्त्री थापाले भने : आतंक फैलाउन खोज्नेको जरै उखेल्छौ‌

भक्तपुर :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्‍याउने र आतंक फैलाउनेको जरै उखेल्ने  बताए । बिहीबार  मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते  भएर  उपचार गराइरहेका  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले यस्तो  बताएका  हुन्  । 

उनले भने , “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुर्‍याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौँ ।” नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उनले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गरे  । 

भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा उनले जानकारी लिएका थिए  । उनले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेरेका थिए । जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराएका छन् । 

उनले अस्पतालका बारेमा समेत जिज्ञासा राख्दैँ नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सञ्चालित अस्पतालको अवस्था र प्रगतिबारे समेत अवगत  गराए  । अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राखेका थिए ।

मन्त्री थापाले पार्टी एकीकरण कुनै हालतमा नरोकिने  बताएका थिए ।जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको नेतृत्वमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन र आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको थियो ।

बिहिबार नै प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीको नेतृत्वमा गएको  टोलीले प्रजिअ पोखरेललाई ज्ञापनपत्र दिँदै नगर प्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेको छ । प्रजिअ पोखरेलले  आक्रमणकारीको पहिचान भइसकेकाले जुनसुकै कुनामा लुके पनि पक्राउ गरेर कारवाही अगाडि बढाउने आश्वासन दिए । आक्रमणकारीलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउने निर्णय भएको पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.