कानुनमन्त्री भन्छन्ः प्रधानन्यायाधीशले नेता भेट्नु नौलो होइन

कानुनमन्त्री भन्छन्ः प्रधानन्यायाधीशले नेता भेट्नु नौलो होइन

काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले न्यायाधीशहरुले नेतालाई भेट्नु नौलो कुरा नभएको स्पष्ट पारेका छन् । 

‘यो लोकतान्त्रिक व्यवस्था हो, यसलाई नौलो कुराको रुपमा लिनु हुँदैन, न्यायाधीशहरु कुनै अलौकिक होइनन्’, उनले भने, ‘उनीहरु पनि मान्छे नै हुन्, भेट्न पाउँछन र पाउनुपर्छ, यो उहाँहरुको अधिकारको कुरा हो ।’

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले हिजोजस्तो अपारदर्शी ढंगले अब नचल्ने स्पष्ट पारे । ‘भेटहरु पारदर्शी हुनुपर्छ, भेट्न नपाउने भन्ने नै हुँदैन नि, अहिले अखबारमा कार्यवाहक प्रधानन्यायाधीशले नेतालाई भेटेको कुरा आएको छ, यो त कर्टेसी हुनसक्छ, तर भेटघाटसँग जोडेर फैसला आयो भने चाहीँ अनि त्यो अपराध हुन्छ’, उनले भने, ‘यदि न्यायाधीशको कार्यसम्पादनमा असर प¥यो भने त्यो जघन्य अपराध हुन्छ, भेटघाट स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको जगमा बसेर हुनुपर्छ ।’

साक्षात्कारमा मन्त्री तामाङले न्यायाधीशहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्न आफूहरु यतिबेला कानुन निर्माणमा जुटेको बताए । ‘वडाध्यक्षदेखि सरकार प्रमुखसम्मले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ, मैले सम्पत्ति सार्वजनिक गर्न यसअघिपनि अपिल गरेको छु’, उनले भने, ‘यदि कसैले सम्पत्ति सार्वजनिक गर्दैन भने त्यो अकुत ठहरिनेछ, भ्रष्टाचार अन्त्यको लागि सम्पत्ति सार्वजनिक गर्न आवश्यक छ।’

सरकारले सुशासन, पारदर्शीता र जवाफदेहिताको चर्को कुरा गरेपनि अहिलेसम्म त्यो व्यवहारमा नदेखाएको र मिति नै गुज्रँदापनि प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति सार्वजनिक नगर्नुको कारण के हो ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘होइन, हामी तत्काल सार्वजनिक गर्छौं, सुशासन र पारदर्शीताप्रति हामी जिम्मेवार र प्रतिबद्ध छौं, अब केही दिनभित्रै मन्त्रीहरुको सम्पत्ति सार्वजनिक हुन्छ।’ उच्च नैतिक आर्दश बोकेका व्यक्तित्वहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने उनको भनाई थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.