पीजे क्लबद्वारा फोटोबुक सार्वजनिक

पीजे क्लबद्वारा फोटोबुक सार्वजनिक

काठमाडौं  : फोटो पत्रकार क्लब नेपालले “नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६” फोटोबुक सार्वजनिक गरेको छ । क्लबले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फोटोबुक विमोचन गरेको हो । 

 फूलकुमारी महत्तो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, आइएमइ गु्र्पका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमइ बैंकका प्रबन्ध निर्देशक जनकराज शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पिजे क्लबका अध्यक्ष विकास कार्कीले संयुक्त रुपमा फोटोबुक विमोचन गरेका हुन् । 

फोटो पत्रकार क्लबले आइएमइ–ग्लोबल आइएमइ बैंक, नेपाल फोटो कन्टेस्ट २०७३ मा गरेको फोटो प्रर्दशनीमा उत्कृष्ठ भएका फोटोहरुको संग्रह फोटोबुकको रुपमा प्रकाशन गरेको हो । व्यवसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए भने उत्कृष्ठ ७५ जनाको फोटोलाई समाबेश गरी क्लबले फोटोबुक प्रकाशन गरेको हो । 

फोटोबुकमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखांची सिमेन्ट न्यूज, शिखर इन्स्योरेन्स नेपाल स्माइल, ग्लोबल मोडल स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा छानिएका तस्बिर समावेश गरेको छ ।

नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्नुको साथै पर्यटन र वास्तविक नेपाललाई चिनाउने उद्देश्यले क्लबले फोटोबुक प्रकाशन गर्दै आएको छ । फोटोबुक प्रकाशनको लागि फूलकुमारी महत्तो मेमोरियल ट्रष्टले विशेष सहयोग रहेको थियो भने बीपी कोइराला इन्डिया फाउन्डेशन, आइएमइ इन्टरनेशनल मनि एक्सप्रेस र ग्लोबल आइएमइ बैंकले सहकार्य गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.