चिनियाँ महिला निष्काशित

चिनियाँ महिला निष्काशित

काठमाडौ : चीनमा ठूलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौंमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्काशन गर्ने निर्णय गरेको छ । नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो ।

अध्यामगन विभागले ती महिलाको भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो । गायुन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सर्वाधिक खोजी सूचीमा थिइन् । चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनियाँ दूतावासले उनको राहदानी रद्द गरेको थियो । तर, राहदानी रद्द हुनुअगावै ती महिला पर्यटक भिसामा नेपाल प्रवेश गरेको देखिएको छ ।

चीनको आनहुई प्रान्तको पब्लिक सेक्युरिटिज ब्युरोले ती महिलाले गम्भीर प्रकृतिको वित्तीय अपराध गरेको भन्दै खोजी गरिरहेको थियो । अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले ती महिलालाई निष्काशन गर्ने निर्णय भएको बताए । निर्देशक निरौलाले अन्नपूर्णसँग भने, ‘भिसा नियमित गरी उनलाई चीन प्रस्थान गराउने निर्णय भएको छ ।’

गायुन पक्राउ परेको थाहा पाएपछि उनलाई लिन चिनियाँ सुरक्षाकर्मीको टोली काठमाडौं आएको छ ।

झाङ नेपालमा लुकीछिपी बसेको थाहा पाएपछि नेपालस्थित चिनियाँ दूतावासले उनले प्रयोग गर्ने चिनियाँ राहदानीसमेत रद्द गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई पत्र लेखी ती महिलाबारे जानकारी गराएको थियो । राहदानी रद्द गरेपछि उनलाई फिर्ता लैजान चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको छ । सन् २०१७ देखि उनी नेपालमा पर्यटक भिसामा बस्दै आएकी थिइन् । उनलाई प्रहरीले वैशाख १२ गते अध्यागमन विभागमा बुझाएको थियो ।

यसअघि चिनियाँ प्रहरीले समेत नेपाल प्रहरी र अध्यागमन विभागलाई ती महिला नेपालमा लुकीछिपी बसेको हुन सक्ने सूचना दिएको थियो । उनी पक्राउ परेको थाहा पाएपछि उनलाई लिन चिनियाँ सुरक्षाकर्मीहरूको टोली काठमाडौं आएको चिनियाँ दूतावास स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.