११ वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

११ वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

जाजरकोट : बिनाजानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः जान्छ । तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीको जागिर कायमै छ ।

अस्पतालमा कार्यरत छैटौं तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ, के गरिरहेका छन् भन्नेबारे अस्पताललाई जानकारी छैन । तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ ।

उनलाई कारबाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यादवले पाउने सबै बिदा सकिइसकेको अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेले बताए । यस अवधिमा उनले कार्यालयबाट तलबसमेत लिएका छैनन् । मेडिकल अधिकृतको अध्ययन पूरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेको स्रोतको भनाइ छ ।

नियमित हाजिर भएर पाउने सुविधाभन्दा निजी क्लिनिकमा बढी आम्दानी हुने भएकाले पहुँचको भरमा यसरी नै जागिर जोगाउन सके पेन्सनलगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर होल्ड गरेर बसेको हुन सक्ने आशंका छ । ‘हाजिर हुन आउन भन्दै उनको घरठेगानामा पत्राचार गरिएको छ’, अस्पतालका प्रशासन प्रमुख लामिछानेले भने, ‘सञ्चारमाध्यमबाट सार्वजनिक सूचना गरीसमेत गरिसकिएको छ । तर कारबाही हुन सकेन ।’

लामो समयदेखि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक सम्पर्कविहीन भइदिँदा उपचार सेवा प्रभावित भएको अस्पताल प्रमुख डा. केशरजंग कार्कीले बताए । दरबन्दी होल्ड रहेको र यादवलाई कारबाही गरी पदपूर्ति गर्न बारम्बार विभागमा ताकेता गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.