सेन्ट्रल जोन भलिबल: नेपालले चौथो स्थानमै चित्त बुझायो

सेन्ट्रल जोन भलिबल: नेपालले चौथो स्थानमै चित्त बुझायो

मिरपुर (बंगलादेश): एसियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल चौथो भएको छ ।

शुक्रबार बंगलादेशको मिरपुरस्थित सहिद शुरवर्दी इन्डुअर स्टेडियममा तेस्रो स्थानका लागि भएको खेलमा साविक बिजेता कीर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को प्रतिस्पर्धात्मक सेटमा पराजित भएपछि नेपाल चौथो स्थानमा पुगेको हो । 

कीर्गिस्तानविरुद्ध सुधारिएको प्रदर्शन गरेको नेपालले जित भने सम्भव बनाउन सकेन । यससँगै नेपालले गत वर्ष माल्दिभ्समा भएको यही प्रतियोगिताको तेस्रो संस्करणमा हात पारेको तेस्रो स्थानको सफलतालाई भने निरन्तता जोगाउन सकेन । 

माल्दिभ्मा भएको प्रतियोगिताबाट जितेको काश्य पदक नेपाली पुरुष भलिवलले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्मको पहिलो र एक मात्र पदक बनेको छ । माल्दिभ्समा चार टोली सम्मिलित प्रतियोगितामा तेस्रो बन्दा नेपालले ६ टोली सम्मिलित यस प्रतियोगितामा चौथो स्थान हात पारेको हो ।

पहिलो सेटमा केही कमजोर प्रदर्शन गरेको नेपालले दोस्रो र तेस्रो सेटमा प्रतिस्पर्धात्मक खेल खेलेपनि जित सम्भव भएन । कीर्गिस्तानविरुद्धको खेलमा पनि नेपालको रिसिभ र ब्लकमा केही कमजोरी देखिएको थियो । 

पराजयपछि नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले प्रतियोगितामा उपाधि जित्ने लक्ष्यकासाथ आए पनि सम्भव नभएको प्रतिक्रिया दिए । उनले बंगलादेशसँगको उद्घाटन खेल गुमाएसँगै झरेको खेलाडीको मनोबल फर्कन नसक्दा सोचेको जस्तो प्रदर्शन दिन नसकेको बताए । नेपाली टोलीका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ खेलका उत्कृष्ट स्पाइकर घोषित भए । 

‘हामी यहा उपाधि जित्ने उदेश्यका साथ आएका थियौं । यद्यपि सम्भव भएन । खेलाडीको क्षमता र हाम्रो तयारीअनुसार हामी उपाधिकै लागि दाबेदार टोली थियौं’, प्रशिक्षक भट्टले भने, ‘यद्यपि हामीले सोचेको जस्तो खेल खेल्न सकेनौं । पहिलो खेल गुमाएपछि खस्किएको खेलाडीको मनोबल फर्किन सकेन । खेलाडीहरुले जित्ने पर्ने दबाब बोकेर पनि हुन सक्छ, क्षमताअनुसारको प्रदर्शन गर्न सकेनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.