प्रधानमन्त्री ओलीले सोधे: टेलिकममा कत्रो मुसो छिरेको हो ?

प्रधानमन्त्री ओलीले सोधे: टेलिकममा कत्रो मुसो छिरेको हो ?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई आफ्नो सेवा सुधार गर्न निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारमा टेलिकमको प्रगति बिवरण सुनेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले टेलिकम भित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद रहेको बताएका छन् । 'टेलिकम भित्र यस्ता प्रवृतिहरु हाबी भएको देखिन्छ', प्रधानमन्त्री ओलीले भने, 'यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनु पर्छ ।'

प्रधानमन्त्री ओलीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचरी खट्नु पर्ने बताए । त्यस्ता शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । 

 टेलिकम नाफाका लागि मात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 'जनतालाई सञ्चार, शिक्षा, सुचना आदिको सहजताका लागि टेलिकमले काम गर्नुपर्छ' प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको  अप्टीकल फाइबरको काम प्रति असन्तुष्टि जनाएका छन् । 'यस कामबारेमा गुनासाहरु आएका छन् । यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस', प्रधानमन्त्री ओलीले भने, 'यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।'

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिएका छन् । 'टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्' प्रधानमन्त्री ओलीले भने, 'त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस ।'

प्रधानमन्त्री ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताए । 

'यी सबै कुरामा सुधार गर्नुहोस । आफ्नो सेवालाई विश्वासिलो बनाउनुहोस', उनले भने । टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरेका छन् ।

'सेवा सुधारको प्रस्ताव ल्याउनुहोस,चुहावटको प्रस्ताव ल्याउनुहोस' प्रधानमन्त्री ओलीले भने, 'अनियमितता नगर्नुहोस । गर्नेलाई नछोड्नुहोस ।'

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भ्रष्टाचार निर्मूल पार्ने अभियानमा रहेकोले सबैलाई साथ दिन आग्रह गर्नुभएको छ । त्यसका लागि सबै पक्षले सहयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

छलफलमा प्रधानमन्त्री मूख्य सल्लाहकार बिष्णु प्रसाद रिमाल,सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा,नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी लगायतको उपस्थिती थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.