हुरीले स्वास्थ्य चौकीको छाना उडाएपछि उपचारमा समस्या
जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिका-११ कोर्ताङस्थित स्वास्थ्य चौकीको उपचार सेवा प्रभावित भएको छ। बिहीबार राति आएको हुरीले भवनको छाना उडाएपछि स्वास्थ्य सेवा प्रभावित हुनका साथै प्रसूति सेवा बन्द भएको छ।
हावाहुरीले प्रसूति भवनको छाना उडाएपछि खुल्ला चौरमै सेवा दिन बाध्य गएको कोर्ताङ स्वास्थ्य चौकीका इन्चार्ज अशोक यादवले जानकारी दिए। उनले भने, 'अन्य बिरामीलाई खुल्ला आकाशमुनि उपचार गराए पनि सुत्केरी गराउन भने निकै समस्या परेको छ।'
छाना मर्मतका लागि पहल गरिदिन गाउँपालिकालगायतका सम्बन्धित निकायमा आग्रह गरिएको यादवले बताए।