सौर्य एयरको जहाजमा चराे ठोकियो

सौर्य एयरको जहाजमा चराे ठोकियो

धनगढी : काठमाडौँबाट धनगढीका लागि उडेको सौर्य एयरलाईन्सको जहाज शुक्रबार दिउँसो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट ११ बजेर ४० मिनेटमा ११ जना बालकसहित ५४ जना यात्रु बोकेर उडेको ९ एनएएमई कल साइनको जहाजमा धनगढी विमानस्थलदेखि २५ किलोमिटर टाढाको आकाशमा चरा ठोकिएको छ  । 

धनगढी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर रवि यादवले जहाजको नोज (अगाडिको चुच्चो भाग) मा चरा ठोकिएको जानकारी दिए । झण्डै साढे ६ हजार फिटको उचाइमा रहेका बेला जहाजमा चरा ठोकिएको उनले बताए  । कैलालीमा पर्ने घोडाघोडी नगरपालिकाको आकाशमा चरा ठोकिएको अनुमान गरिएको छ । 

जहाजमा चरा ठोकिएपछि जहाज धनगढी विमानस्थलमा सकुशल अवतरण भएको छ भने सबै यात्रु र ४ जना चालक दलका सदस्य सकुशल छन । जहाज राम्ररी अवतरण गरी पार्किडमा राखिएको धनगढी विमानस्थलले जनाएको छ । 

चरा ठोकिएपछि जहाज पार्किडमा राखिएको छ । काठमाडौँबाट इन्जिनियरको टोली आइरहेको सौर्य एयरलायन्सले जनाएको छ । जहाजमा खासै क्षति नभएपनि इन्जिनियरले उडाउन सकिने निर्क्यौल गरेपछि मात्रै उड्ने धनगढी विमानस्थलले जनाएको छ । श्री एयरको विमानमा काठमाडौँबाट इन्जिनियरको टोली धनगढी विमानस्थलमा आइरहेको छ ।

चरो ठोकिएपछि सौर्य एयरको जहाजमा काठमाडौँ जाने यात्रुलाई इन्जिनियरको टोली नआउँदासम्मका लागि विमानस्थलमै राखिएको छ । इन्जिनियरको टोली आएपछि मात्रै उडानको निश्चित हुने सौर्य एयरको धनगढी शाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.