निर्दयी बाबु: राजधानीको बानेश्वरमा घाँटी थिचेर दुई छोराको हत्या

निर्दयी बाबु: राजधानीको बानेश्वरमा घाँटी थिचेर दुई छोराको हत्या

काठमाडौँ: यहाँको बानेश्वरस्थित सुकुम्बासी बस्तीमा दुईजना बालकको हत्या भएको छ । बानेश्वरस्थित सुकुम्बासी बस्तीमा साताअघि बाबुबाटै दुई बालकको हत्या भएको हो । 

सुकुम्बासी बस्तीमा बस्दै आएका दिलिप यादवले साताअघि आफ्ना ६ वर्षीय र ८ वर्षीय झड्केला छोराको हत्या गरेका महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले जनाएको छ।

प्रहरीका अनुसार यादवले दुवै छोरा ८ वर्षीय सुशील सुरकार र ६ वर्षीय सुजन सरकारको हत्या गरेर दुवैजनाको शव आफ्नै कोठामा राखेका थिए । बानेश्वर बृत्तमा वैशाख १० मा दुई बच्चा हराएको उजुरी परेपछि खोजी सुरु भएको थियो । 

यादवले शुक्रबार मात्रै छोराहरुको हत्या गरेर शव घरैमा राखेको बताएका थिए । दुई छोराको हत्यापछि फरार यादवलाई प्रहरीले खोजी गरिरहेको छ । 

दिलिपले तीन महिना अगाडि दुई छोरासहितकी सम्झना सुन्दाशलाई कान्छी श्रीमतीका रुपमा ल्याएका थिए । उनले बिराटनगरबाट सम्झनालाई बिहे गरेर काठमाडौँ ल्याएपछि घर झगडा सुरु भएको थियो । 

तर दिलिपकी आमा पनि काठमाडौँमै बस्ने भएकाले उनीहरुबीच मनमुटव भएर घर झगडा सुरु भएको अनुसन्धानबाट खुलेको छ। शुक्रबार कोठाबाट शवको गन्ध आएपछि खोलेर हेर्दा खाटमुनि कपडाले घाँटीमा बाँधेको अवस्थामा दुई बच्च मृत भेटिएका थिए । 

'हामीले बच्चा हराएको उजुरी आएपछि खोजीकार्य जारी राखेका थियौँ', इन्सपेक्टर ढकालले भने, 'शुक्रबार कोठाबाट गन्ध आएपछि बच्चाका आफन्तले प्रहरीलाई गुहारेका थिए । हामीले गएर हेर्दा खाटमुनि दुई बालक मृत फेला पार्‍यौँ ।'

उनले फरार यादवको खोजीकार्य भइरहेको जानकारी गराए । दुई बच्चाकी आमा सम्झना एक महिनादेखि कामका सिलसिलामा बिराटनगरमा छिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.