गगन भन्छन्: सरकारमा नजाँदैमा कांग्रेसको हरिबिजोग हुँदैन, छाया सरकार चलाऔँ

गगन भन्छन्: सरकारमा नजाँदैमा कांग्रेसको हरिबिजोग हुँदैन, छाया सरकार चलाऔँ

चितवन: नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि कांग्रेसले युद्ध जितेर हासिल गरेकाले एक पटक हार्दैमा फरक नपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन पनि आग्रह गरेका छन् । 

कांग्रेस चितवनले शुक्रबार गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 'पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौं लडाइँ हारेका थिए', उनले भने, 'तर अन्तिममा युद्ध जितेरै छाडे । त्यसैले हामी निराश हुनुपर्दैन ।'

अबको पाँच वर्ष सरकारमा नगए पनि कांग्रेसलाई फरक नपर्ने उनले बताए । 'अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक हुँदैन', उनले भने, 'हामी सबै आस्थाका कारणले कांग्रेसमा लागेका हौँ ।'

थापाले निर्वाचनमा जित र हार जे भए पनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छाया सरकारको रुपमा काम गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.