पुलिसले ११ वर्षीयाको बिहे ३० वर्षीयसँग गराइदिए
जनकपुर : ११ वर्षीया बालिकाको विवाह आफ्नो ३० वर्षीया भाइसँग गराउँदै गर्दा प्रहरी जवान पक्राउ परेका छन् । पर्साकाे वीरगन्ज–२७ मा प्रहरी जवान वुलेट यादवले आफ्ना भाइहरु ३० वर्षीय परिमनप्रसाद यादव र ३२ वर्षीय सुरेशप्रसाद यादवको विवाह क्रमश : ११ र १२ वर्षीया नाबालिकासँग गराउँदै गर्दा पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।
बालविवाह नगर्न सम्झाउँदा उल्टै प्रहरीसँगै विवाद गरेपछि वुलेटलाई नियन्त्रणमा लिएको उनले बताए । उपरीक्षक रेग्मीले प्रहरी जवान वुलेटलाई बालविवाह उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए । बालविवाह गराउने केटा पक्ष र बालिका पक्षका अभिभावक भने फरार रहेको प्रहरीले जनाएका छन् ।