उपेन्द्र यादबले भने: स्थानीय तहबाट स्वास्थ्य-शिक्षा क्षेत्र खोसौँ

उपेन्द्र यादबले भने: स्थानीय तहबाट स्वास्थ्य-शिक्षा क्षेत्र खोसौँ

जनकपुरधाम: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले स्थानीय तहलाई दिइएको स्वास्थ्य र शिक्षा क्षेत्रको अधिकार खोस्न सरकारसँग माग गरेका छन् । 

शुक्रबारबाट जनकपुरमा सुरु मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रोर राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने बताए ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले तहसनहस पार्न खोजेको आरोप लगाए । ‘शिक्षा र स्वास्थ्यको स्तर घट्न थालेको छ,’ उनले भने, ‘अवस्था सुधार्न केन्द्रले आफ्नै मातहतमा राख्नुपर्‍यो कि त प्रदेश सरकारलाई सुम्पिनुपर्‍यो ।’

अध्यक्ष यादबले स्वास्थ्य संस्था सञ्चालनको अधिकार स्थानीय तहलाई दिएर सरकारले गल्ती गरेको पनि बताए । ‘देशमा कोही पीडित छन् भने उनीहरु स्वास्थ्यकर्मी हुन्’, उनले भने, ‘राज्यको गलत नीतिका कारण स्वास्थ्यर्मी विभेदमा परेका छन् । दुव्र्यवहारसमेत सहनपर्छ ।’ उनले स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहा र विभेद अन्त्य गर्ने लडाइँ लड्ने प्रतिवद्धता समेत जनाए ।

सरकारको रबैया बेठीक 

यादवले संविधान संशोधन र संघीयताको रक्षाका लागि वर्तमान सरकारलाई समर्थन गरेपनि सरकारको रबैया ठीक नरहेको टिप्पणी गरेका छन् । उनले सरकार अहिले पनि संघीयता विरोधी काम गरिरहेको आरोप लगाए । 

सरकारले गणतन्त्र नै समाप्त पार्ने षड्यन्त्रमा लागेको पनि बताए । ‘प्रदेशिक संरचना जानेरै कमजोर पार्न खोजिएको छ ताकी संघीयता समाप्त होस्’, उनले भने, ‘प्रदेश सरकारलाई कमजोर बनाउन खोजे फेरि पनि संघर्षमा उत्रिन जनता तयार छन् ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.