दिल्लीको कप्तान बनेपछि अय्यरको विस्फोटक ब्याटिङ, ४० बलमा ९३ रन

दिल्लीको कप्तान बनेपछि अय्यरको विस्फोटक ब्याटिङ, ४० बलमा ९३ रन

नयाँ दिल्ली: फिरोज शाह कोटला स्टेडियममा दिल्ली डेयर डेभिल्सले पहिले ब्याटिङ गर्दै कोलकाता नाइटराइडर्सलार्इ २२० रनको लक्ष्य दिएको छ। 

दिल्लीका नयाँ कप्तान श्रेयस अय्यरले ४० बलमा ९३ रनको विस्फोटक पारी खेल्दै टीमलार्इ उच्च स्कोरमा पुर्याउन मद्दत गरे । यस क्रममा उनले १० छक्का र ३ चौका लगाए। 

पृथ्वी शा आईपीएलमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने खेलाडी भए । उनी ६२ रन बनाएर आउट भए। यसअघि कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। 

तर दिल्ली कोलकाताविरूद्धको खेलमा पनि नेपाली बलर सन्दीप लामिछानेलार्इ अवसर दिएन । कप्तानीबाट राजीनामा दिएका गौतम गम्भीरलार्इ समेत दिल्लीले प्लेइङ ११ मा राखेको छैन । 

दिल्लीका लागि ओपनर कलिन मुनरो र पृथ्वी शाले गतिलो सुरूवात गरे । दुवैले ५ ओभरमा ५० रनको साझेदारी गरे । मुनरो ३२ रनमा पेभेलियन फर्किए भने रिषभ पन्त शून्य र ग्लेन म्याक्सवेल २७ रन बनाएर आउट भए।

दिल्लीले अन्तिम ४ ओभरमा ७७ बनायो । अय्यरले पारीको अन्तिम ओभरमा शिवम मावीको बलमा २९ रन बनाए । उनले यस ओभर ४ छक्का र १ चौका हाने । 

दिल्लीले यो पटक दुर्इ परिवर्तन गर्दै गौतम गम्भीर र डेनियल क्रिश्चियनलार्इ प्लेइङ ११ मा पारेन । दुवैको स्थानमा विजय शंकर र कलिन मुनरोले अवसर पाए। कोलकाताले टम कुरेनको स्थानमा मिशेल जोनसनलार्इ बोलायो । 

यस सिजन लगातार खराब प्रदर्शनका कारण कप्तानी छोडेका गौतम गम्भीरपछि दिल्लीको जिम्मेवारी अब २३ वर्षीय श्रेयस अय्यरमाथि सुम्पिएको छ।  अय्यर आईपीएलमा दिल्ली डेयरडेभिल्ससका सबैभन्दा युवा युवा कप्तान हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.