ठेकी–मदानी बनाउन भ्याइनभ्याइ

ठेकी–मदानी बनाउन भ्याइनभ्याइ

 बेंसीसहर : दोर्दी गाउँपालिका–८ बन्सारका कृष्णबहादुर विश्वकर्मालाई ठेकी र मदानी बनाउन भ्याइनभ्याइ छ । ५२ वर्षीय विश्वकर्मालाई ३ दाजुभाइ मनबहादुर, राजेन्द्र र बुद्धिबहादुरले सघाइरहेका छन् । दही जमाउन र मथ्न प्रयोग गरिने काठको ठेकी र मदानी बनाउने पेसाबाट कृष्णबहादुरको ४ दाजुभाइको परिवार राम्रैसँग चलेको छ ।

बन्सारको चुँदार बस्तीका ४ दाजुभाइले ठेकी मदानी बेचेर राम्रै आम्दानी गरिरहेका छन् । ‘मानाको ३ सयका दरले बिक्री गर्छौं’, कृष्णबहादुरले भने, ‘दिनमा ५ वटासम्म ठेकी बनाएर बेच्छौं ।’ विकका अनुसार १ मानादेखि २२ मानासम्मका ठेकीको माग बढी छ ।

दिनमा ५ वटा ठेकी बेच्न सके १५ हजार रुपैयाँसम्म आम्दानी हुने मानबहादुर विश्वकर्माले बताए । ‘५ वटा ठेकी बिक्री भए १५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ’, मानबहादुरले भने, ‘काठ, बिजुली बत्ती र ज्याला कटाउँदा एउटा ठेकीमा १ हजार जति नाफा हुन्छ ।’ ठेकी मदानी बेचेर घरखर्च चलाउन र केटाकेटी पढाउन पुगेको उनले बताए । ‘१६ वर्षको उमेरदेखि ठेकी बनाउन थालेको हुँ’, कृष्णबहादुरले भने, ‘ठेकी बेचेर एउटा छोरालाई डिग्री पढाएँ, अरूलाई विदेश पठाएँ । परिवार राम्रै चलेको छ ।’

दाजुभाइ मिलेर ठेकी, मदानीका साथै रक्सी खाने पुच्जै, पुङठेकी, आनेपुङ ठेकी, आरी, ढ्याङ्ग्रोको घेरो, तुङ्वा खाने भाँडोलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्ने गरेको कृष्णबहादुरले बताए । पुच्जैको १ हजार २ सय, पुङठेकीको २ हजार, आनेपुङको १ हजार २ सय रुपैयाँ बजारमूल्य छ । ‘पहिले बनाएका सामग्री नबिक्दा गाउँघर चहार्नुपथ्र्यो’, कान्छा भाइ बुद्धिबहादुरले भने, ‘आजभोलि बनाएको सामग्री बिक्री नहुने चिन्ता छैन ।’ गाउँसम्म मोटर चल्न थालेपछि अहिले ठेकी खोज्न टाढा टाढाबाट पनि ग्राहक आउन थालेको उनले बताए ।

दलित समुदायको बस्ती रहेको चुँदार गाउँका बासिन्दाले ठेकी बनाएको आम्दानीबाट छोराछोरीलाई पढाउनुका साथै घर व्यवहार पनि राम्रैसँग चलाएका छन् । राम्रोसँग काम गरे दैनिक २ हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । एक माना अट्ने सानो ठेकीको मूल्य ३ सय पर्छ भने जति धेरै माना अट्ने ठेकी भयो, उति धेरै फाइदा हुने उनीहरू बताउँछन् । गाउँघरमा दार, खयर, खिर्रो, सिसौजस्ता काठको ठेकी बनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.