घरेलु मैदानमै रोकियो आर्सनल

घरेलु मैदानमै रोकियो आर्सनल

लन्डन : युरोपा लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा इङ्लिस क्लब आर्सनल र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बराबरी खेलेका छन् । बिहीबार राति भएको पहिलो लेगमा आर्सनलले १० खेलाडीमा सीमित एट्लेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले एट्लेटिकोसँग बराबरी खेल्न बाध्य भयो ।

आर्सनलका लागि एलेकजेन्डर लाकाजेट्टीले गोल गरेका थिए । एट्लेटिकोका लागि एन्टोइन ग्रिजम्यानले अन्तिम समयमा गोल फर्काउँदै बराबरी गरेका थिए । खेलको १०औंैं मिनेटमा सिम भर्सालजिकोले दोहोरो पहँेलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो । पहिलो हाफको सुरुवातमै पाहुना टोली १० खेलाडीमा सीमित भए पनि घरेलु टोली आर्सनलले त्यसको फाइदा लिन सकेन । बल पोजिसनमा पक्कड जमाएको आर्सनलले गोलका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा घरेलु दर्शकलाई निराश तुल्याउँदै एट्लेटिकोका गिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल १-१ को बराबरीमा सकियो । बराबरीसँगै युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना दुवै टोलीले राखेका छन् । दोस्रो लेगको खेल एट्लेटिको घरेलु मैदानमा मे ४ मा हुनेछ । दोस्रो लेगमा जित निकाल्ने टोलीले मे १६ मा हुने फाइनलमा मार्सेली र साल्जवर्गबीचको विजेतासँग खेल्नेछ ।

मार्सिल्लेको सहज जित

अर्को खेलमा फ्रान्सेली क्लब मार्सिल्लेले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा मार्सिल्लेले अस्ट्रियाको रेडबुल साल्जवर्गलाई २-० गोलले पराजित ग¥यो । घरेलु मैदानमा भएको खेलमा मार्सिल्लेलाई जित दिलाउन फ्लोरियन थोउभिन र क्लिन्टन निजाईले एकएक गोल गरे । साल्जवर्गविरुद्ध जित निकाल्न मार्सिल्लेले दुवै हाफमा एक÷एक गोल गरेको थियो ।

पहिलो हाफको १५औं मिनेटमा फ्लोरिनले गोल गर्दै मार्सिल्लेलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६३औं मिनेटमा क्लिन्टनले गोल गर्दै मार्सिल्लेलाई २-० को सहज जित दिलाए । जितसँगै मार्सिल्लेले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । मार्सिल्लेले साल्जवर्गको घरेलु मैदानमा हुने दोस्रो लेगमा बराबरी खेले पनि फाइनलमा स्थान बनाउनेछ । साल्जवर्गलाई भने फराकिलो जित आवश्यक रहेको छ । दुई टोलीबीचको दोस्रो लेग मे ४ मा हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.